१२ कार्तिक २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा आइतबार आठसय बढीले लगाए जोन्सन खोप

साउन २४, २०७८, ९:५४ .आइतवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, २४ साउन । मेचीनगर नगरपालिकाले आइतबार नगरभरिका उद्योगी, व्यवसायी र साना सवारी चालकलाई ८ सय बढी कोभिड १९ विरुद्घको भ्याक्सिन उपलब्ध गराएको छ ।
नगरका उद्योगी व्यवसायीहरुको छाता संस्था मेची उद्योग बाणिज्य संघ मेचीनगरको संयोजनमा मेचीनगर नगरपालिकाद्वारा आयोजित नगरभरिका उद्योगी व्यवसायी र सिटी सफारी तथा अटोका चालकहरुलाई समेत लक्षित गरेर कोभिड १९ विरुद्घको भ्याक्सिन लगाउने कार्यक्रममा ८ सय बढीले भ्याक्सिन लगाएको मेची उद्योग बाणिज्य संघका सदस्य उमेश सुवेदीले जानकारी दिए ।

उनका अनुसार ६ सय नगरभरिका उद्योगी व्यवसायी र २ सय १० सिटी सफारी तथा अटोका चालक गरी ८ सय १० जनाले अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएका थिए । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्यकर्मीहरु दीपेन्द्र चौधरी, विद्या शिवाकोटी, सुष्मिता रायमाझी खरेल, तारा शिवाकोटी र फूलमाया पोखरेलले सेवा प्रदान गरेको स्वास्थ्य शाखा संयोजक रामनारायण यादवले बताए ।

नगरपालिका र संघले भ्याक्सिन लगाउन आउनेका लागि सुविधा होस भनेर खोप परिसर मेचीनगर—१० धुलावारीस्थित आम्दा मेची अस्पतालको खुला ठाउँमा सुविधा सम्पन्न टेण्डको व्यवस्था गरेको संघका सदस्य भूमि पौडेलले बताए । पौडेलका अनुसार खोप कार्यक्रममा अनावश्यक भीडभाड नहोस भनेर एकदिन अघि खोप लगाउन आउने व्यक्तिहरुको विवरण संकलन गरिएको थियो ।

संघको संयोजनमा नगरपालिकाले नगरक्षेत्रका उद्योग, व्यवसायक्षेत्रको अग्रभागमा काम गर्ने उद्योगी, व्यवसायी, मजदुरहरुका लागि कोभिड १९ विरुद्घको अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन भ्याक्सिन खोप प्राप्त गर्न नगरपालिकाले तोकेको क्षेत्रगत मापदण्ड भित्रकालाई मात्र भ्याक्सिन लगाईएको संघका सचिव रविचन्द्र नेपालले बताए ।

मझौला उद्योगतर्फ सिमेन्ट, प्लाईउड, चाउचाउ, वेभेरेज, दाना, दाल, चामल, उद्योग, जुत्ता चप्पल, चियाबाट ५÷५, खाद्यन्न, गल्ला किराना व्यवसाय २÷२, साना उद्योगतर्फ भेनियर, रंगरोगन, पानी ३÷३, घरेलु उद्योगतर्फ धान, पिठो मिल, वेकरी, आइसक्रिम, दालमोठ, भूजिया, खाद्य उद्योगहरु २÷२ माछा मासु, तरकारी फलफूल, डेरी हार्डवयर भेटनरीबाट १÷१ जनालाई खोप लगाउने व्यवस्था संघले मिलाएको संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले बताए ।

खोपको दुरुपयोग नहोस भनेर सम्बन्धित उद्योग व्यवसायबाट खोप लगाउन आउने व्यक्तिलाई उद्योग, फर्म तथा व्यवसाय दर्ता प्रमाण पत्र अनिवार्य गरिएको संघका अध्यक्ष ऋषिराज तिम्सनाले जानकारी दिए ।

पछिल्लो समाचार

तेस्रो लहरको खतरा

अघिल्लो समाचार

चार महिनाको शिशुलाई भारतीय अस्पतालले बन्धक बनायो : शर्मिला चौधरी

Related Posts

नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

माओवादीले भन्याे-´निस्कासन गरिएका कर्मचारीलाई पुनर्वहाली गर`

कार्तिक ११, २०८२, १:१७ .मङ्लबार
झापा महिला गोल्डकप : खेल तालिका सार्वजनिक
box -3

झापा महिला गोल्डकप : खेल तालिका सार्वजनिक

कार्तिक १०, २०८२, १:३३ .सोमवार
मेची र निन्दामा छठ पर्व : अस्ताउँदो सूर्यलाई अघ्र्य (फोटोफिचर)
banner

मेची र निन्दामा छठ पर्व : अस्ताउँदो सूर्यलाई अघ्र्य (फोटोफिचर)

कार्तिक १०, २०८२, १:०१ .सोमवार
कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -1

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.