कोरोनाको तेस्रो लहर संक्रमणको उच्च जोखिममा नेपाल परिसकेको छ ।
इटाली, अमेरिका, बेलायत, भारत लगायतका ठुला मुलुकले सङ्क्रमणविरुद्ध डटेर सामना गरिरहेको अवस्था छ । विकसित मुलुकहरु समेत तेस्रो नयाँ भेरियन्ट संक्रमणबाट त्रसित हुनु स्वाभाविक छ । यस्तो बेलामा नेपालले सजगता अपनाउन आवश्यक छ । भारत तथा अन्य मुलुकबाट नेपाल आउने अधिकांश नागरिकलाई केहिदिन भएपनि क्वारेन्टाइनमा राख्न जरुरी छ । उनीहरुमा कोरोनाको नयाँ संक्रमण हुँदैन भन्न सकिन्दैन । त्यसैले यसमा सरकारले होशियारी अपनाउनु पर्छ । उनीहरुको निगरानी र अनुगमन गर्नुपर्छ । कसैले पनि स्वास्थ्यप्रति खेलाँची गर्न हुँदैन ।
कोरोनाकै कारण अहिले विश्व अक्रान्त छ । विश्व नै सङ्कटकालको अवस्थामा पुग्यो । महामारीले दिन प्रतिदिन विकराल रुप लिदैँछ । विश्वकै अर्थतन्त्र चौपट हुने अवस्थामा आइपुगेको छ । प्रायः सबै देशका सीमा नाका बन्द छन् । नेपाल सरकारले पनि आफ्ना बन्द भएका सबै नाकामा थप कडाइ गर्नुको विकल्प छैन । मिनी लकडाउन गरेर मात्र हुँदैन । हवाई उडान, बस, उद्योगधन्दा, बजारहरु पुरै ठप्प पार्नुपर्छ । आर्थिक मन्दीले देश ओरालो तिर लागिसक्यो । महामारीसँग जोगिन अब सरकारले उपयुक्त बाटो रोज्न ढिला नगरोस् । खासगरी विदेशी तथा स्वादेशबाट भित्रिने हवाई तथा स्थल नाकाहरुमा चेकजाँचलाई कडाइ गर्नुपर्छ । अस्पताल वा नाकामा प्रविधियुक्त क्वारेन्टाइनको प्रबन्धतर्फ सरकारको ध्यान गएको देखिन्दैन । त्यसतर्फ अविलम्ब ध्यान जाओस् ।
स्वास्थ्य कार्यालयहरुमा अक्सिजन सिलिण्डरसहितको भेन्टिलेटर लगायतका उपचारमा लाग्ने सम्पूर्ण कुराहरुलाई विचार पुर्याउनु पर्छ । सरकारले जुनसुकै विधि अपनाएर भएपनि सङ्क्रमणको जोखिम रोक्न पहल गर्नैपर्छ । नागरिकको स्वास्थ्य उपचारको दायित्व सरकारकै हो । त्यसैले उच्च जोखिममा रहेका नागरिकको ख्याल गर्न तीन तहकै सरकारले कुनै कसर बाँकी राख्न हुन्न । नागरिकले पनि सरकारले ल्याएका सबै स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्छ । निषेधाज्ञा पूर्णरुपमा पालना गर्नुपछ । नागरिकलेपनि यस्तो बेलामा आफ्नो स्वास्थ्यप्रति गम्भीर बन्न आवश्यक छ ।
Discussion about this post