मेचीनगर, ४ असार । कोशी प्रदेशको युवा, श्रम तथा रोजगार मन्त्रालय र श्रम कार्यालय झापाको आयोजनामा धुलाबारीमा ‘न्यूनतम पारिश्रमिक कार्यान्वयन तथा श्रम सम्बन्धी उजुरीको वर्तमान अवस्था’ बारे छलफल कार्यक्रम भएको छ ।
विहीबार मेची उद्योग बाणिज्य संघको समन्वयमा सो छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कोशी प्रदेशको युवा, श्रम तथा रोजगार मन्त्रालय विराटनगरका उपसचिव गगंनसिंह विष्ट र श्रम तथा रोजगार कार्यालय झापाका नासु मात्रृका कट्टेलले श्रम कानुन र न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धी, हेल्लो सरकारमा आएका उजुरी, श्रम अडिट, वर्तमान अवस्था र राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासहका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
छलफलमा मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, महासचिव ध्रुब कनाल, अखिल नेपाल टङेड युनियन महासंघकी केन्द्रीय उपमहासचिव सीता सापकोटा, नेपाल भेनियर उत्पादक महासंघका अध्यक्ष श्याम न्यौपाने, रितिका डेरीका सञ्चालक योगेन्द्र चिमरिया, एनएमसी डेरी व्यवसायी उपसमिति सदस्य नारायण वस्नेत लगायतले भारतको अवरोधपछि चिया उद्योग बन्द हुँदा उद्योगी र श्रमिकलाई परेको समस्या, यसको कार्यान्वयन, भारतीय श्रमिकको समस्या, सामाजिक सुरक्षा कोष, विभिन्न कर लगायतका विषयमा धारणा राखेका थिए ।
उद्योगी–व्यवसायीको जिज्ञासाको जवाफ उपसचिव विष्टले दिएका थिए । कार्यक्रमको सहजीकरण युवा, श्रम तथा रोजगार मन्त्रालय विराटनगरकी शाखा अधिकृत लक्ष्मी मरासिनीले गरेकी थिइन् ।




Discussion about this post