झापा, ३० जेठ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको ‘बिर्तामोड रोजगार मेला’ आजदेखि सुरु भएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाई र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले रिबन काटेर मेला सुरू गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेल लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
रोजगार मेलामा डीडी सेक्युरिटी, दिया रिलाएबल, नेपाल लाइफ इन्स्योरेन्स, झापा प्राविधिक शिक्षालय, होटल व्यवसायी संघ, नेपाल भेनियर उद्योग संघ, बिर्तामोड जब सेन्टर, महिला उद्यमी समूह, ग्रिल तथा स्टिल व्यवसायी संघ, रोजगार नेपाल, नेपाल औषधि व्यवसायी संघ, इगल इन्टरनेसनल, कम्प्युटर एशाेसिएशन नेपाल (क्यान), फायरउड वर्कर्स, त्रिशक्ति जब सेन्टर, निर्माण व्यवसायी संघ, डाइनामिक बिजनेस, मोबाइल एसोसिएसन, नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी), कनकाई एग्रो इन्जिनियरिङ, नेपाल कर सहयोगी श्रमिक संगठन, एमसीएचएस फर्म इन्डस्ट्रिज, नेपाल अलैंची व्यवसायी संघ, गुडलक फ्लावर संघ तथा नागरिक सामुदायिक अस्पताल लगायत रोजगारदाताका स्टलहरू रहेका छन् ।
यसैगरी, रोजगार सेवा केन्द्र, प्राथमिक उपचार केन्द्र र सोधपुछ कक्ष लगायतका सेवा सम्बन्धी स्टलहरू पनि सञ्चालनमा रहेका छन् ।
मेलाका अवसरमा उद्योगी-व्यवसायीहरूसँगअन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको छ । राेजगार मेला अतिथि सदनमा दुई दिनसम्म सञ्चालन हुनेछ




Discussion about this post