


धुलाबारी, २९ जेठ । मेचीनगरकाे एक कार्यक्रममा सहभागीहरूले नगरका प्रत्येक पसलका उद्योगी-व्यवसायीलाई प्रशिक्षण दिनु पर्ने बताएका छन् ।
नगरपालिका अन्तरगतकाे विदेशबाट फर्किएर आएका व्यक्तिहरुको पुनःएकीकरण परियोजना (रेमी) ले शुक्रबार धुलाबारीमा मेची उद्योग बाणिज्य संघकाे समन्वयमा आयोजना गरेको राेजगारदाता सूचीकरण तथा श्रम संसार प्रणाली सम्बन्धि कार्यक्रममा त्यस्ताे बताइएकाे हाे ।
कार्यक्रममा सहभागी व्यवसायी र उद्योगीहरूले
मेचीनगरमा उद्योग खाेल्दा कर धेरै लाग्छ,
सहजीकरण गरिदिने भएन, काराेवारकाे आधारमा कर लिदैंनन्, सामाजिक सुरक्षा कर, सरसफाइकाे नाममा २०० रूपैयाँ पनि लाग्छ लगायतका गुनासाे राखेका थिए ।
उनीहरूले व्यवसायीकाे सहजताका लागि श्रम मन्त्रालय र स्थानीय सरकारले प्रत्येक वडा र टाेल विकासमा गएर प्रशिक्षण दिएर बुझाउनु पर्ने माग गरेका छन् ।
व्यापारीहरूका अनुसार नेपाली भन्दा पनि उद्योगमा ६० प्रतिशत भारती मजदुरहरू काम गर्छन् । मालिक र श्रमिकबीच सहजीकरण पनि नभएको अवस्था रहेकाे व्यवसायीहरूले बताएका छन् ।
कार्यक्रममा मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, नेपाल उद्योग बाणिज्य महासंघका काेशी प्रदेश उपाध्यक्ष ऋषिराज तिम्सिना, नेपाल भेनियर उत्पादक संघका अध्यक्ष श्याम न्याैपाने लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
रेमी मेचीनगरका रोजगार परामर्शकर्ता फडिन्द्र दाहालले कार्यक्रमको उदेश्य र औचित्यका बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा व्यवसायीहरूले उठाएका विषयलाई नगरपालिकाकीरोजगार, सीप तथा उद्यशीलता केन्द्रकी प्रमुख कृपा रेग्मीले टिपाेट गरेकी थिइन् ।
परामर्शकर्ता दाहालले उक्त टिपाेटलाई प्रतिवेदन बनाएर नगरपालिका र श्रम मन्त्रालयमा पठाउने बताइएकाे छ ।




Discussion about this post