भद्रपुर, ३ मंसिर । नेपाल विद्यालय कर्मचारी परिषद भद्रपुर नगर कार्य समितिको दोस्रो नगर अधिवेशनले पुुनं : करकचन्द्र राजबंशीको अध्यक्षतामा १३ सदस्यीय नयाँं कार्य समिति चयन गरेको छ ।
शुक्रबार विरेन्द्र मावि चन्द्रगढीको सभाहलमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा टंक नेपाल, महिला उपाध्यक्ष तारा गजमेर, महासचिवमा ज्ञानु सेन्चुरी, सचिवमा सञ्जीव दाहाल, सहसचिवमा दिपा निरौला, कोषाध्यक्षमा जीवन घिमिरे र सहकोषाध्यक्षमा भरतकुमार तारपुरीयालाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
आगामी ३ बर्षे कार्यकालका लागि गठित समितिले सदस्यहरुमा जगतबहादुर क्षेत्री, जितेन राजबंशी, टिका भट्टराई,उद्धव न्यौपाने, रमिला दवाडी र सिता पराजुलीलाई चयन गरेको छ ।
परिषदका झापा अध्यक्ष जगेनलाल राजबंशीको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक खिलाराज कोइरालाको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता करकचन्द्र राजबंशी र कार्यक्रमको सञ्चालन संजीव दाहालले गरेका थिए ।
Discussion about this post