झापा, ७ मंसिर । पत्रकार कृष्ण हुमागाईले नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि झापा जिल्ला कार्य समितिको सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
कांग्रेस झापाको जिल्ला सदस्य र प्रचार विभाग प्रमुख समेत रहेका हुमागाईले आज एक कार्यक्रमको आयोजना गरेर सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
यहि मंसिर १० गते झापा जिल्ला कार्य समितिको अधिवेशन हुँदैछ ।
२०५१ सालदेखि कांग्रेसको क्रियाशील सदस्य रहेका उनि नेपाल ट्रेड युनियन कांग्रेसको २०५६ मा केन्द्रीय महाधिवेशन प्रतिनिधि, कांग्रेसको १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भईसकेका छन् ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन झापाको सचिव, सभापति, केन्द्रीय सदस्य र केन्द्रीय प्रतिनिधि रहिसकेका उनले नेपाल पत्रकार महासंघ झापा शाखाको सभापतिको जिम्मेवारी समेत समहालिसकेका छन् ।
२०३६ सालमा बहुदल र निर्दलबीच भएको जनमत संग्रहमा इलाम क्याम्पसको नेविसंघका विद्यार्थी कृष्ण धराबासी र लेखनाथ भट्टराईसँगै कांग्रेसका जिल्ला सदस्य गणेश तामाङको प्रभावबाट पञ्चायती ब्यवस्था विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएको हुमागाईको भनाइ छ ।
Discussion about this post