दमक,७ मंसिर । प्राकृतिक श्रोत दुन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा कात्तिक २९ गतेदेखि सुरु भएको सामुदायिक मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभुत तालिम सोमबार सम्पन्न भएको छ ।
कमल गाउँपालिका न्यायिक समिति संयोजक बेनु शिवाकोटीको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा प्रशिक्षार्थीहरुको तर्फबाट कमला अधिकारी र सुर्यप्रसाद लिम्बुले धारणा राखेका थिए ।
प्रशिक्षक भोलानाथ धिताल, श्याम सापकोटा, काजिमान लिम्बु लगायतले मेलमिलाप सम्बन्धी तालिमबाट समाजलाई पुर्याउन सक्ने योगदानको बिषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा न्यायीक समिति संयोजक शिवाकोटीले मेलमिलाप कर्ताहरुले पालना गर्नु पर्ने आचरसंहिता पढेर सबैलाई सफत समेत गराएका थिए ।
झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश गिरिराज गौतम, समाजसेवीहरु संगिता थापा, भोलानाथ धितालले तालिमको सहजीकरण गरेका थिए ।
स्थानिय सरकार सबलिकरण कार्यक्रम द एशिया फाउन्डेसनको सहयोग र कमल गाउँपालिकाको समन्वयमा भएको समापन कार्यक्रमको सञ्चालन सामुदायिक मेलमिलाप कार्यक्रमका जिल्ला संयोजक चेतराज विष्ट (चेतन) ले गरेका थिए ।
Discussion about this post