मेचीनगर, १७ चैत । इलाम कारागारबाट झापाको मेचीनगरका एक थुनुवा फरार भएका छन् ।
मेचीनगर–३ का ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् ।
इलाम कारागार देशकै नमूना सुधार गृहका रुपमा परिचित भए पनि यहीबाट थुनुवा फरार भएकाले घटनालाई रहस्यमय रूपमा लिइएको छ ।
विहीबार साँझ साढे ५ बजेपछि कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेकाले फरार भएको खुलेको हो । कारागारमा हरेक साँझ थुनुवा गणना गर्ने गरिन्छ ।
गणनाका क्रममा उनी फेला नपरेपछि सम्बन्धित कार्यालयमा जानकारी गराइनुका साथै खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलिपकुमार घिमिरेले बताए ।
डकैती मुद्दामा कैदी जीवन बिताइरहेका उनलाई गत असोज ९ गते पक्राउ गरेर कात्तिक १५ गते कारागार चलान गरिएको थियो ।
Discussion about this post