७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसायीले भने–‘निष्ठाको पत्रकारिता गरौँ’

चैत्र २४, २०७९, ८:२२ .शुक्रबार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

झापा, २४ चैत । सामाजिक तथा व्यवसायिक संस्थाका प्रतिनिधिहरुले पत्रकारिता स्वतन्त्र, निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको एक छलफलमा सहभागीले पत्रकारले सत्यतथ्य र खोजमूलक सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

पत्रकारितालाई मर्यादित बनाउन सामाजिक तथा व्यवसायिक संस्थाहरुको भूमिका कस्तो हुनुपर्छ, अपेक्षा र सुझाव के छ भन्ने विषयमा आयोजित छलफलमा सहभागीहरुले निष्ठाको पत्रकारितामा जोड दिएका छन् ।

उनीहरुले सस्तो लोकप्रियताका लागि गरिने पत्रकारिता र सस्तो प्रचारका लागि गरिने कामलाई मिडियामा निरुत्साहित गरिनुपर्ने बताए । त्यस्तै सञ्चारमाध्यमले गाउँ, दुरदराज र सकारात्मक विषयका समाचारलाई प्राथमिकता दिनुपर्नेमा समेत उनीहरुको सुझाव छ ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले पत्रकार योग्य, नैतिकवान, अनुशासित र इमानदार हुनुपर्नेमा जोड दिए ।

छलफलमा रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष एवम् चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, युनिकम नेपालका राष्ट्रिय अध्यक्ष तथा झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेल, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव मेघराज बाँस्तोला, बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष नैनकला भट्टराई, रोटरी क्लब अफ बिर्तामोड मिड टाउनका अध्यक्ष सुमन शर्मा जमरकट्टेल, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष पार्वता गिरीले सुझाव राखेका थिए ।

त्यस्तै वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरी, वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी, मेची महाकाली संयुक्त बुहारी आवाजकी अध्यक्ष शिखा खड्का गणेश, नेपाल उद्यमशील महिला संघ झापाकी सचिव यशोदा प्रसाईं, लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष मनोज बानियाँ, छठ पूजा सेवा समाजका मनोज रौनियार, नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेश विक, राउण्ड टेबलका शरद जोशीले विभिन्न सुझाव राखेका थिए ।

उनीहरुले सञ्चार माध्यम खुल्ने क्रम बढ्दै गर्दा त्यसको दीगोपन बारे पनि सोच्नुपर्ने, मिडिया हाउसहरु मर्जर प्रक्रियामा जानुपर्ने सुझाउदै पत्रकारको पेशागत सुरक्षामा समेत चिन्ता व्यक्त गरे ।

छलफलमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सहकोषाध्यक्ष राधिका चुडाल, सदस्य जीवनकुमार खड्का, वीरता लेडी जेसीजकी महासचिव निशा शाक्य लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा पत्रकार महासंघको कार्यालयमा अध्ययन, खोज र पत्रकारको क्षमता विकासका लागि इ–पुस्तकालय स्थापनाका विषयमा समेत छलफल भएको छ । सहभागी संस्थाका प्रतिनिधिले पत्रकार महासंघको इ–पुस्तकालयका लागि कम्प्युटर खरिदमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

महासंघले २० वटा कम्प्युटरसहित इ–पुस्तकालय स्थापनाका लागि सहयोग गर्न संघ–संस्थालाई प्रस्ताव गरेको छ ।

नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष सुशिला संग्रौलाले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष केशव भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव अर्जुन राजवंशीले गरेका थिए ।

पछिल्लो समाचार

सेनाको सर्भर ह्याक गरेको आरोपमा सागर ढकाल पक्राउ

अघिल्लो समाचार

योगी विकासानन्द वैशाख २२ मा झापा आउने

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.