मेचीनगर, २ जेठ । झापा जिल्लामा आज अपराह्न भीषण असिना वर्षा भएको छ ।
झापाको दमक, सुरुङ्गा, भद्रपुर, बिर्तामोड, शनिश्चरे, गरामनी, चारपाने, बुट्टाबारी लगायतका क्षेत्रमा समेत असिना वर्षा भएको छ । मेचीनगरमा पानी परे पनि असिना भने आएको छैन ।
असिनासँगै आएको हुण्डरीले तरकारी लगायतका बालीमा क्षति पुगेको अनुमान गरिएको भए तापनि बाली र भौतिक क्षतिको विवरण थाहा भएको छैन । तर, बिर्तामोडमा असिनाले सेनो गाडीको सिसा फुटेको छ ।
हावाहुरीसँगै असिना वर्षा भएका बेला सार्वजनिक यातायात ठप्प भएको थियो । गर्मी र सुख्खाले आहत पारिरहेका बेला वर्षाले सर्वसाधारणलाई राहत प्रदान गरेको छ ।
Discussion about this post