मेचीनगर, ७ असार । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले चौतारीलाई बाहेस गरेर अघि नबढ्न पत्रकार महासंघलाई चेतावनी दिएका छन् ।
बुधवार काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित प्रेस चौतरी झापाको वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
‘महासंघ केन्द्रको सदस्यता शुद्विकरण अभियान अक्षरस् पालना गर्नुपर्छ’, अध्यक्ष वस्नेतले भने–‘झापा जिल्लामा मापदण्ड पालना गरेको देखिएन । महासंघले चौतारीलाई सल्लाह नगरी अघि बढे दुर्घटना निम्तिने छ । त्यसको जिम्मा महासंघ झापा शाखा हुनेछ ।’
चौतारीका केन्द्रीय सचिव एवम् कोशी प्रदेश इन्चार्ज विक्रम लुईटेलले महासंघको सदस्यता शुद्विकरण अभियानको समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा चौतारीका कोशी प्रदेश अध्यक्ष अविजाल विष्टले सदस्यता शुद्विकरण अभियानलाई महासंघकाले पक्षपात ढंगले अघि बढेको कारण समस्या भएको बताए । कसैलाई पाखा र कसैलाई काँखीमा च्यापेर नहिड्न उनले आग्रह गरेका छन् ।
राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट हिमशिखर टेलिभिजनका पत्रकार सुदिप अधिकारी, रेडियो भिजनका पत्रकार अस्मिता साँखी र खबरखेती डटकमका तिलक योञ्जन सम्मानित भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि चौतारीका अध्यक्ष वस्नेत, प्रदेश अध्यक्ष विष्ट, सम्मानित व्यक्तित्व तिलक योञ्जन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा झापाका अग्रज पत्रकार उमाकान्त खनाल प्रेस चौतारीमा प्रवेश गरेका छन् ।
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष प्रदीप परियारले र सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।
Discussion about this post