अर्जुनधारा, १७, कात्तिक । हात्तीको बंगारा लुकाएर राखेको अवस्थामा अर्जुनधारा नगरपालिका–७ का दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हात्तीको बंगारा लुकाएर राखेको अभियोगमा विहीबार प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले अर्जुनधारा–७ स्थित जरुवा टोलका ४७ वर्षीय तिखबहादुर बिश्वकर्मा र सोहि ठाउँका ५० वर्षीय शावा लिम्बुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिश्वकर्माको घरकोठामा खान्तलासी गर्दा किराना पसलमा हात्तीको बंगारा लुकाएर राखेको अवस्थामा भेटिएको छ ।
उक्त वस्तु लिम्बुको घरबाट ल्याएर राखेको बिश्वकर्माले बताएको प्रहरीको भनाई छ ।
हात्तीको बंगारा जस्तो देखिने वस्तुको ७ इन्च लम्बाई, १२ इन्च गोलाई र १ केजी ७९० ग्राम
तौल भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उक्त वस्तु र पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय झापामा बुझाइएको उनले बताए ।




Discussion about this post