मेचीनगर, ९ पुस । बाहुनडाँगी जेसीज वर्ष २०२४ को अध्यक्षमा देबु बानियाँ सर्वसम्वत निर्वाचित भएका छन् ।
आइतवार सम्पन्न शाखाको १२ औँ वार्षिक साधारण सभाबाट बानियाँ अध्यक्षमा सर्वसम्वत निर्वाचित भएकाे निर्वाचन आयुक्त दिपक बरालले जानकारी दिए ।
सन २०१३ मा बाहुनडाँगी जेसीजमा आबद्ध भएर निरन्तर काम गर्दै आएका बानियाँले जेसीजका सबै पदहरुमा बसेर जिम्मेवारी पुरा गरेका छन् ।
नेपाल जेसीजबाट पटक-पटक सम्मानित भएका बानियाँ देशभरका शाखाहरुसँग परिचित छन् ।
सन २०१९ मा नेपाल जेसीजको वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका थिए ।
प्रेस क्लब मेचीनगरका सचिव समेत रहेका बानियाँ पेशाले शिक्षक हुन् । उनी बलभद्र आधारभूत विद्यालयका शिक्षक हुन् ।
अधिवेशनले शाखाको कार्यकारीणी उपाध्यक्षमा शुष्मा मिश्र, केदार सुनवार, उपाध्यक्षहरुमा थेसीस रुचाल, पवन बराइली, सदेश पौडेल र किरण गौतम सर्वसम्वत निर्वाचित भएकाे बरालले बताए ।
यसैगरी नवनिर्वाचित अध्यक्ष बानियाँले विभिन्न पदमा मनोनित समेत गरेका छन् ।
मनोनित हुनेहरुमा महासचिवमा सुस्मिता खतिवडा, कानुनी सल्लाहकारमा न्यूटन कार्की र कोषाध्यक्षमा नृत्यनन्द चम्लगाई रहेका छन् ।
अन्य बाँकी पदहरुलाई शाखाको पदहस्तान्तरण समारोहमा मनाेनित गरिने उनले बताए ।
Discussion about this post