मेचीनगर, ९ पुस । काँकरभिट्टा स्थित सुर्योदय अंग्रेजी माविमा आयोजित दुईदिने ‘फुड फेस्टिवल’सम्पन्न भएको छ ।
सुर्योदय माविको परिसरमा आइतबार र सोमबार आयोजित ‘फुड फेस्टिवल’ मा मेचीनगरका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका तथा अभिभावकहरुले प्रत्यक्ष अवलोकन गरेका थिए ।
विद्यार्थीहरुले चटपटे, मोमो, पानीपुरी, दहिपुरी, चिया कफी, पकौडा, आलुचिप्स, चाउँमिन, चिकन चिल्ली, फ्राइराइस, बर्गर, सुप लगायत विभिन्न प्रकारका खाना तथा खाजा पकाएर विक्री गरेका थिए ।
कार्यक्रममा होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)को प्रमुख आतिथ्यता रहेको थियो ।
सुर्योदय अंग्रेजी माविका संस्थापक दिलिपकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न ‘फुड फेस्टिवल’ कार्यक्रमको औचित्यमाथि प्रकाश प्रिन्सिपल शिव मैनालीले पारेका थिए ।
विद्यार्थीहरु अभिषेख गौतम र एन्जल तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यार्थी उपसन राई र जोस्ना राजबंशीले संयुक्त रुपमा गरेका थिए ।
Discussion about this post