बिर्तामोड, ६ फागुन । बिर्तामोड नगरपालिका क्षेत्रका बाणिज्य बैंकहरुले आसन्न झापा गोेल्ड कपलाई सबैको साझा सरोकारको विषय बनाउनु पर्नेमा जोड दिएका छन् ।
छैटौँ संस्करणको प्रतियोगिताको तयारीको सिलसिलामा आइतबार आयोजित छलफल कार्यक्रममा सहभागी बैंकका शाखा प्रबन्धहरुले बैंकिङ क्षेत्रको पनि सहभागिता रहने प्रतिबद्धता जनाएका छन् ।
अघिल्ला संस्करण भन्दा यो प्रतियोगितालाई थप रचनात्मक र आकर्षण बनाउन उनीहरुले सुझाव समेत दिएका छन् ।
छलफलमा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले सामाजिक उत्तरदायित्व निर्वाह गर्न बैंकका शाखा प्रमुखहरुलाई आग्रह गरेका थिए ।
महासचिव गजेन्द्रबहादुर पौडेलको स्वागत रहेको छलफलमा सिद्धार्थ बैंकका प्रबन्धक सुवास श्रेष्ठ, नबिल बैंकका गुरुराज रेग्मी, प्राइम कमर्सियल बैंकका सञ्जीव खनाल, गुडविल फाइनान्सका सुमन पौडेल, नेपाल एसबिआइ बैंकका असिम इङनाम र एक्सेल डेभलपमेन्ट बैंकका गजेन्द्र ढकालको उपस्थिति रहेको थियो ।
त्यस्तै, गोल्ड कपका तर्फबाट सदस्य किरण श्रेष्ठ, सदस्य सचिन सुब्बा, सचिवालय सदस्य केशव भट्टराईको उपस्थिति रहेको थियो ।
Discussion about this post