मेचीनगर, १६ चैत । मेचीनगर-६ निवासी दिपेन बरालकाे २२ महिनाकाे छाेरा सिदार्थ बाबू बरालकाे बाेन म्याराे क्यान्सरकाे प्रत्यारोपणकाे उपचारका लागि परिवारले सहयाेगकाे अपिल गरेकाे छ ।
आज इटाभट्टा स्थित प्रेस क्लब मेचीनगरकाे कार्यालयमा सिदार्थका बुबा दिपेन बराल र सिदार्थ बाबू उपचार सहयाेग समितिले पत्रकार सम्मेलन मार्फत उपचार सहयाेगका लागि सार्वजनिक रूपमा अपिल गरेकाे हाे ।
नेपाल बैँक लिमिटेड काँकरभिट्टा शाखाका कर्मचारी दिपेन बरालले भारतकाे भेलाेर स्थित सीएमसीमा बाेन म्याराे क्यान्सरकाे उपचार भइरहेकाे बताए ।
उनले अहिलेसम्म उपचारमा २३ लाख खर्च भइसकेकाे बताए । अस्पतालका चिकित्सकका अनुसार १५ दिनभित्र ४२ लाख भारतीय रूपैयाँ जम्मा गरे मात्र प्रारम्भिक उपचार गर्न सकिने बताएको उनकाे भनाई छ ।
बाबुकाे ६ महिनाकाे उपचार गर्न करिव नेपाली १ कराेड रूपैयाँ खर्च लाग्ने उनले बताए ।
´बिर्तामोडमा रहेकाे १३ धुर जग्गा विक्रीमा छ` बरालले भने- ´जग्गा विक्री नभएको कारण थप समस्यामा छु । तत्काल बाबुकाे उपचार गर्न पैसा नभएकोले सबैसँग सहयाेगकाे अपेक्षा गरेकाे छु ।`
स्थानीय समाजसेवी सागर शिवाकोटीकाे संयाेजकत्वमा सिदार्थ बाबू उपचार सहयाेग समिति बनाएर अभियान सुरू गरिएको छ ।
समितिमा मेचीनगरका समाजसेवी युवाहरू राजु कार्की, हरि तिम्सिना, विजय डालमिया, रविन्द्र पाठक, गोपाल वस्नेत, रूपसागर अधिकारी लगायत रहेका छन् ।
आजै सिदार्थ बरालकाे उपचारका लागि स्थानीय समाजसेवी धर्मराज घिमिरेले समितिलाई पुग्ने गरि प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललाई ५१ सय प्रदान गरेका छन् ।
Discussion about this post