बिर्तामोड, २ बैशाख । मेचीनगर नगरपालिका–१ कि अन्दाजी ३५ वर्षीया सुनिता मडी बिर्तामोड स्थित अदुवा पुल नजिकै मृत अवस्थामा भेटिएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नयाँ वर्ष २०८१ साल बैशाख १ गते राति ९ वजे बिर्तामोड–१ स्थित अदुवा पुल छेउमा ३५ वर्षीया सुनिता मडी मृत अवस्थामा भेटिएकी हुन् ।
मडीको शवलाई पोष्ट माटमका लागि धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।
मेचीनगर–१ का देवराज राजबंशी र उनकी पत्नी सुनिता मडी बिर्तामोड बजार क्षेत्रमा दिनभरि कवाडीका सामानहरु बटुल्ने गरेको उनले बताए । मृतक सुनिताको माइती घर भद्रपुर रहेको बताइएको छ ।
देवराज, मृतक पत्नी र उनीहरुका २ जना साना छोरीहरु अदुवा पुल स्थित राष्ट्रिय बाणिज्य बैँकको पुरानो भवनमा बस्दै आएको प्रहरीको भनाई छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी प्रकाश विष्टले मृतक मडी र देवराज पहिलैदेखि मादक पदार्थ सेवन गरेर झगडा गर्ने गरेको बताए ।
घटना भएको दिनपनि सुनिताका पति देवराजले मादक पदार्थ सेवन गरेको उनले बताए । देवराजसँग सोधपुछ भइरहेको डीएसपी विष्टको भनाई छ ।
Discussion about this post