१० कार्तिक २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फोटो फिचर

जनतामा ‘सुवास’ छर्दै सुहाङ

बैशाख ३, २०८१, ३:२४ .सोमवार
0
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

इलाम, ३ बैशाख । इलाम क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरुको दौडधुप बढ्न थालेको छ ।

इलाम–२ मा उम्मेदवार बनेका १९ जनालाई अहिले घरमा भेट्न गाहे छ । घरमा बसेर परिवारसँग रमाइलो गर्न, गफ गर्न र खाना खान समेत फुर्सद छैन ।

सबै उम्मेदवारलाई चुनावको चटारो छ । पार्टीका नेता, कार्यकर्ता र जनतालाई भेट्न सेडुअल बनाएर उम्मेदवारहरु गाउँगाउँ छिरिरहेका छन् । भोट मागिरहेको अवस्था छ । विहान ४ वजे नै उठेर हिडेका उम्मेदवार राति ११ वजेसम्म पार्टीका नेता, कार्यकर्ता र जनतालाई भेट्न गाउँ पसेका छन् ।

नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलनकुमार योङहाङ लिम्बु, पहिचान पक्षधरका साझा एवम् स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु (थेगिम), नेकपा समाजवादीका माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितबहादुर राई, राप्रपाका लक्ष्मी गुरुङ चुनावी मैदानमा होमिएका छन् ।

त्यस्तै राप्रपा नेपालका उम्मेदवार गणेशबहादुर चौहान, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, मंगोल नेशनल अर्गनाईजेसनका मनिबहादुर लिम्बु, नेशनल रिपब्लिक नेपाल पार्टीका धनराज राना मगर, नेपाल मजदुर किसान पार्टीका श्यामकुमार दर्जी, नेपाली जनता दलका रेशमबहादुर सुनार, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीका जसवन्त विक्रम शाह आ–आफ्नै तरिकाले चुनाव चिन्ह लिएर गाउँ तथा शहर पसेका छन् ।

यसैगरी स्वतन्त्र उम्मेद्वारी दिएका डाँकप्रसाद गौतम, दिपेश बोहोरा, अर्जुनबहादुर शाही, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बस्याल गरी १९ जना उम्मेदवार विभिन्न तरिकाले चुनावको प्रचारप्रसारमा व्यस्त छन् ।

यही बैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनमा उम्मेदवार बनेका सबैले जित्ने आ–आफ्नो दावी पेश गर्छन् । पार्टीका नेताहरुको पनि आ–आफ्नै दावी छ । पार्टीका नेताहरुको आंकलन त त्यस्तै हो । गाउँका जनता के भन्छन् त । जनताका कुरा सुनौँ ।

‘२० वर्ष भयो बाटो अहिलेसम्म खनिरहेको मात्र छ’, माङसेबुङ–५ का अभिषेक कुरुङबाङले भने–‘हामीलाई पार्टी चाहिएको छइन । विकास चाहिएको छ । बालेन र हर्क जस्ता युवा नेता चाहिएको छ ।’ माङसेबुङ–४ कि ५५ वर्षीया बुद्वमाया लिम्बु भन्छिन्–‘बाबुको सपना छोराले पुरा गर्छन् भन्ने आश छ ।

सुवास नेम्बाङले धेरै काम गर्नु भयो । केहि अधुरा काम गर्न बाँकी थियो । गर्ने थिए होला । आश गरेको मान्छेलाई भगवानले पनि छिटै लादा रहेछन् । तर, उनका अधुरा काम अब छोरा सुहाङले गर्छन् भन्ने विश्वास लागेको छ ।’

माङसेबुङ, सिमलटार, लारुम्बा, चुलाचुली, गजुरमुखी, मंगलबारे, गोलाखर्क, बरबोटे, फाकफोकथुम लगायत इलाम क्षेत्र नम्बर २ का अधिकांश जनताले धुलाम्बे सडक, सिञ्चाई, पुल, विजुली, पानी, श्रमिक लगायतका समस्या रहेको बताएका छन् ।

यसमा धेर थोर नेता सुवास नेम्बाङले गरे । अरु नेताहरुले त्यति पनि गरेनन् । जति गर्नु पर्ने हो त्यो नेता नेम्बाङले पनि नगरेको जनताको गुनासो छ ।

गत चुनावमा नेम्बाङसँग प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका नेता अहिले पनि उम्मेदवार बनेका डम्बर खड्काले पत्रकारसँगको प्रश्नमा उनले भने–‘स्व.सुवास नेम्बाङ भइदिएको भए इलामेली जनताका लागि राम्रो हुन्थ्यो । उहाँप्रति हार्दिक समवेदना छ ।’

इलामका हरेक सडकको ठेक्का पट्टा लिएका ठेकेदार समेत रहेका उम्मेदवार खड्काले जनताका समस्यामा जतिखेर पनि मलमपट्टि लाउने काम गरिरहेको बताए । अर्को एक प्रश्नमा उनले केन्द्रमा जतिसुकै कागजी गठबन्धन गरे पनि मैले जनताको मनभित्र गठबन्धन गरेको दावी गरे ।

गत चुनावमा नेम्बाङसँग ११४ मतको अन्तरले गठबनधनका खड्का पराजित भएका थिए । नेम्बाङको ३० हजार २० मत आउँदा खड्काले २९ हजार ९०४ ल्याएका थिए । अहिले गठबन्धन ठ्याक्कै उल्टो भएको छ । सुहाङलाई गठबनधनका साथै विप्लव नेतृत्वको नेकपाले पनि चुनावमा समर्थन गरेको अवस्था छ ।

रास्वपाबाट उम्मेदवार बन्नुअघि चुनावी मैदानका शिलशिलामा गाउँ छिरिसकेका मिलन लिम्बु पनि एक दावेदार उम्मेदवार हुन् । स्वतन्त्ररुपमा उठ्ने गरी चुनावी प्रचारमा हिडेका लिम्बु माओवादी निकट पत्रकार हुन् । उनलाई रास्वपाले टिकट दिएपछि चुनावी मैदानमा छन् ।

पहिचान पक्षधरका साझा एवम् स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु (थेगिम) आत्मानन्दन लिङदेन गुरुका चेला हुन् । उनी गुरुको साहित्य संस्थाका उपाध्यक्ष हुन् । गुरुका एक आफन्तका अनुसार धार्मिक संस्थामा जोडिएका व्यक्ति भरसक चुनावमा नउठेको भए हुन्थ्यो भन्ने आशय रहेको छ ।

सुहाङ अहिले गाउँ र बजारमा पुग्दा उनकै बुबाको झल्को लागेर बृद्वबृद्वा, युवायुवती र स–साना नानिहरु फोटो खिच्न, सेल्फी हान्न र सुझावहरु दिनेको लर्को छ । धेरैजसो वृद्धवृद्धाले सुहाङलाई सुवास नेम्बाङलाई झैं माया गरिरहेका छन् । मतदाता सुहाङमा बाबुकै लबज, शैली र स्वभाव सम्झेर सुवासको याद आउने गरेको बताउँछन् ।

उम्मेदवार सुहाङले युवाको उर्जा र अग्रजहरुको आशीर्वादले इलामेली जनताको शिर कहिलै झुक्न नदिने बताए ।

सुवास नेम्बाङका कतिपय विकासका कामहरु अधुरै छन् । अधुरा काम पूरा गर्न पनि अब सबैभन्दा बढी योग्य उम्मेदवार नै सुहाङ हुन् भन्ने उनको निर्वाचन क्षेत्रका धेरैजसो मतदाताको कुरा छ । गाउँमा सुहाङ आउँदा जनताहरुले सडक पक्की र बर्खामा पनि गाडी चल्ने बनाउन भनिरहेका छन् ।

।। अर्जुन कार्की ।।

पछिल्लो समाचार

बिर्तामोडमा महिला मृत अवस्थामा फेला

अघिल्लो समाचार

नेपाली पत्रकारिता साउथ एशियामै अगाडि : पूर्व राष्ट्रपति यादव

Related Posts

झापा महिला गोल्डकप : खेल तालिका सार्वजनिक
box -3

झापा महिला गोल्डकप : खेल तालिका सार्वजनिक

कार्तिक १०, २०८२, १:३३ .सोमवार
मेची र निन्दामा छठ पर्व : अस्ताउँदो सूर्यलाई अघ्र्य (फोटोफिचर)
banner

मेची र निन्दामा छठ पर्व : अस्ताउँदो सूर्यलाई अघ्र्य (फोटोफिचर)

कार्तिक १०, २०८२, १:०१ .सोमवार
कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -1

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार
छठ पर्वकाे धमाधम तयारी
अर्थ

छठ पर्वकाे धमाधम तयारी

कार्तिक ९, २०८२, ७:०८ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.