झापा, ३ बैशाख । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपाली पत्रकारिता साउथ एशियामा नै अगाडि रहेकाे बताएका छन् ।
आज बिर्तामोडमा नेपाल पत्रकार महासंघ झापा शाखाले आयोजना गरेकाे एक कराेड अक्षयकाेष घाेषणा तथा सम्मान कार्यक्रममा डा. यादवले यस्ताे कुरा बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका पूर्व राष्ट्रपति यादवले विदेशीहरूसँगकाे भेटमा नेपालकाे पत्रकारिता उत्कृष्ट रहेकाे बताउने गरेकाे सुनाए ।
´झापा आन्दोलनकाे उर्भर भुमि हाेउनले भने-´झापामा आन्दोलन सुरू भयाे भन्ने कुरा तराई र केन्द्रका नेता कान थापेर बस्छन् । त्यहाँ भएको आन्दोलनले देशव्यापी रूप लिने गर्छ । त्यहि आधारमा आन्दोलन हुन्छ ।`
पत्रकार उपचार काेषमा पुर्याउन याेगदान गर्ने सबै दाताहरूलाई सम्मान व्यक्त गरेका छन् ।
कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेखरेल, काेशी प्रदेशका पूर्व मुख्यमन्त्रीद्वय हिक्मत कार्की र उद्वव थापा, सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सय जना बढी दाताहरूलाई सम्मान गरिएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले कार्यक्रमकाे औँचित्यमाथि प्रकाश पारेका थिए ।
अक्षय काेषमा १ कराेड बढी रकम पत्रकार र दाताहरूबाट संकलन भएको उनले बताए ।
महासंघ झापाका अध्यक्ष गिरीकै अध्यक्षता रहेकाे कार्यक्रमकाे स्वागत सचिव डिकेश लामाले र सञ्चालन उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।
कार्यक्रमकाे धन्यवादसहित समापन पत्रकार चन्द्र भण्डारीले गरेका थिए ।
Discussion about this post