२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उद्यमी

धुलाबारीमा कफी बनाउन सिकाउँदै इलाइट युनिभर्स

साउन १०, २०८१, १:४७ .बिहिबार
0
0
0
SHARES
239
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, १० सााउन । मेचीनगर–१० स्थित धुलाबारी चोक दक्षिण ज्यामिरगढी जाने सडक छेउको कमल कोइरालाको भव्य भवनको पहिलो तलामा ‘इलाइट कफि युनिभर्स एण्ड ट्रेनिङ सेन्टर’ सञ्चालनमा छ । यो सेन्टरले ‘वारिस्टा ट्रेनिङ’ अर्थात कफी बनाउन सिकाउँछ ।

इलाइट कफि नेपालभरि फैलिएको छ । सञ्चालक रुद्र विकका अनुसार सेन्टर मेचीनगरमा यही साउन १ गतेबाट सञ्चालमा आएको हो । झापाका विभिन्न पालिकामा यसको विस्तार गरिने सेन्टरको योजना छ ।

सेन्टरमा एउटा उच्चस्तरीय कफी मेसिन राखिएको छ । ती मेसिनको प्रयोगबाट १०० भन्दा बढी प्रकारका कफी बनाउन सिकाइन्छ । ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप उत्कृष्ट प्रचलित कफी बनाउन यहाँ तालिम दिइन्छ’ विकले भने ।

विकका अनुसार ‘प्रोफेसनल कफी कोर्ष’ बाट अध्ययन गराइन्छ । उनका अनुसार ‘प्रोफेसनल बारिस्टा’ कोर्षमा कफीको इतिहास र वर्तमान अवस्था, स्पेसो वेभरेज बनाउने तरिका, मेसिन सञ्चालन विधि, दूध उमाल्ने तरिका र ग्राहकलाई सर्भिस कसरी दिने भन्ने कुरा सिकाइन्छ । सिकाई अवधि एक महिनाको हुन्छ ।

त्यसका साथै हाते आर्ट ट्रेनिङ (कफिमा बुट्टा हाल्न) पनि सिकाइन्छ । कफी मेसिनको इतिहास, कफीका प्रकार, ग्रीण्डर गर्ने तरिका पनि सिकाइन्छ । प्रोफेसनल कफी कोर्षमा कफी रोस्टिङ, कफीको विजनेश गर्ने तरिका सिकाइन्छ । उनका अनुसार कोर्षको सम्पूर्ण डिजाइन ट्रेनिङ इलाइट कफि युनिभर्स एण्ड ट्रेनिङ सेन्टरले गरेको हो ।

यहाँ त्यस विषयमा विज्ञता हासिल गरेका २ जना नेपाली शिक्षक–शिक्षिकाले तालिम दिन्छन् । बिर्तामोडका शिक्षक सौरज वराइली र शिक्षिका सोझिना राईले तालिम दिइरहेका छन् । तालिममा ८० प्रतिशत प्रेक्ट्रिकल र २० प्रतिशत थेउरिटिकल पढाईने गरिएको छ ।

जो विद्यार्थी स्टुडेन्ट भिसामा बाहिर जाँदै छन् । त्यस्ता विद्यार्थीलाई यो तालिम अत्यन्तै उपयोगी हुने विक बताउँछन् । ‘हामीसँग तालिम लिएकाले विश्वको जुनसुकै कफी सपमा काम गर्न सक्छन’, उनले भने ।

यो कोर्ष पुरा गर्दा १६ हजार रुपैयाँ शुल्क लाग्छ । तर, अहिले ४० प्रतिशत छुटमा एक महिनाको ९ हजार ६ सय लाग्छ । विद्यार्थीलाई सहज हुने तरिकाले विहान ७ः३० वजे, ९ः३० वजे, दिउँसो १ वजे र बेलुका ३ वजेदेखि ४ सिफ्टमा पढाई हुन्छ । एक सिफ्टमा ५ जना विद्यार्थीलाई २ घण्टा पढाउने व्यवस्था छ ।

यहाँ तालिम लिनेलाई कामको पनि व्यवस्था मिलाइने गरेको छ । कोर्ष अध्ययनपछि अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउने गरी ‘सर्टिफिकेट’ दिइन्छ । ‘त्यो सर्टिफिकेटले विश्वका अन्य देशहरुमा मान्यता पाउँछ, कफी बनाउने कामका लागि हरेक देशमा दक्ष मानिन्छ’ विकको दावी छ ।

काँकरभिट्टा निवासी २५ वर्षीय विक भन्छन्–‘पढाई अनुसारको विषय होइन । बिर्तामोड स्थित गोमेन्द्र कलेजमा आइटीमा व्याचलर गर्दैछु । तर, पनि साथिहरुको सल्लाहले यो पेशामा हात हाले । यहि पेशामा साथिहरुले कमाइरहेका छन् । विदेश जान परेको छैन । मैले पनि विदेश जाने कोसिस गरे । विदेश जाने इच्छा मर्यो । अब अन्तिममा यहि पेशा राम्रो लागेर सुरु गरेको छु ।’

उनका अनुसार सुरुमा रहर थियो । अब बाध्यतामा पुगे । कफीका धेरै योजनाहरु सोचेको छु । बारिस्टा, बार ट्रेनिङ हुँदै बेकरीमा हात हाल्ने लक्ष्य छ । मेचीनगरलाई तालिम हव बनाउछु ।

त्यसो त उनले डिजिटल मार्केटिङ, इलाइट प्रोडक्सन एण्ड एडभरटाइजिङ पनि खालेका छन् । त्यसबाट विभिन्न कम्पनीका सामानहरुको सोसियल मिडिया, इस्टाग्राम, युटुयवबाट प्रचारप्रसार गर्ने काम पनि गरिरहेको उनले बताए ।

भिडियो पनि हेर्नु होला ।

 

पछिल्लो समाचार

साैर्यका १८ जना कर्मचारीकाे मृत्यु

अघिल्लो समाचार

‘प्रदेश निजामती सेवा नियमावली’ स्वीकृत

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.