१२ कार्तिक २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अपाङ्गता भएका व्यक्तिहरूलाई माया हाेइन अवसरकाे खाँचाे छ : मन्त्री कार्की

पुस १, २०८१, १०:०७ .सोमवार
0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ पुस । काेशी प्रदेश सरकारका  खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीले अपाङ्गता भएका व्यक्तिहरूलाई माया हाेइन अवसरकाे खाँचाे भएको बताएका छन् ।

आज मेचीनगर-१ नम्बर वडा कार्यालयबाट सुरू भएको अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य परीक्षण, पहिचान र परिचय पत्र वितरण कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले यस्ताे कुरा बताएका हुन् ।

उनीहरूलाई माया भन्दा पनि अवसर चाँहिएकाेले प्राविधिक रूपमा दक्ष बनाउन काेशी प्रदेश सरकारले पहिलाे पटक याे कार्यक्रम सुरू गरेकाे उनले जानकारी दिए ।

उनका अनुसार ताप्लेजुङ, तेह्थुम र झापामा उक्त कार्यक्रम सुरू गरिएको छ ।

झापाका ११३ वटा वडामा १४ वटा वडामा उक्त कार्यक्रम सकिएकाे छ । बाँकी रहेकाे ९९ वटा वडा मध्ये आजदेखि मेचीनगर नगरपालिकामा सुरू भएको हाे ।

कार्यक्रममा मन्त्री कार्की, काेशी प्रदेश सभाका सदस्य छवि चुडाल, मेचीनगरका मेयर गाेपालचन्द्र बुढाथोकी, उपमेयर मीना पाेखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मेचीनगरका मेयर बुढाथोकीले अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य परीक्षणमा, पहिचान गर्नमा र परिचय पत्र पाउने कुरामा कसैलाई नछुटाउन र पक्षपातपूर्ण ढंगले कसैसँग व्यवहार नगर्न कर्मचारी र जनप्रतिनिधिहरुलाई अनुरोध गरेका छन् ।

उपमेयर उप्रेतीले यो कार्यक्रम सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपिल गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा, सुविधा उपलब्ध गराईदिनु राज्यको अधिकारभित्रको कुरा रहेको बताए ।

कार्यक्रममा करूणा फाउन्डेसन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल काेइरालाले कार्यक्रमकाे औँचित्यमाथि प्रकाश पारेका थिए ।

स्थानीय सरकारको हैसियतले मेचीनगर, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन नेपालबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी मेचीनगरमा अपांगता भएका व्यक्तिहरुलाई नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण, जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्व, क्षमता अभिवृद्विमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग लगायतको कार्यक्रमहरु सञ्चालन गरिने छ ।

उक्त कार्यक्रमबाट लक्षित वर्गमा नव विवाहित दम्पती, नवजात शिशु, १० वर्ष मुनीका बालबालिका, अपाङ्गता भएका बालबालिका, वयस्क, ज्येष्ठ नागरिकहरु र उनीहरुका परिवारका सदस्य, अपाङ्गता भएका व्यक्तिहरुका संस्था र समूह लाभान्वित हुने छन् ।

१५ वटै वडामा बिशेषज्ञ डाक्टर, स्वास्थ्यकर्मी सहित ५६ जनाकाे टोली खटाएर नगरपालिकाले उनीहरूको स्वास्थ्य परीक्षण गर्ने भएको छ। प्रत्येक वडामा एक एक दिन सञ्चालन हुने गरी आयोजित १५ दिने कार्यक्रम अन्तर्गत १ नम्बर वडाबाट उद्घाटन भई कार्यक्रम २, ३, ४ र ५ हुँदै क्रमशः १५ गतेसम्म १५ वटै वडामा पुगेर सम्पन्न हुनेछ ।

उक्त कार्यक्रमले विवाहित दम्पती, नवजात शिशु, १० वर्ष मुनीका बालबालिका, अपाङ्गता भएका बालबालिका, वयस्क, ज्येष्ठ नागरिकहरु र उनीहरुका परिवारका सदस्य, अपाङ्गता भएका व्यक्तिहरुका संस्था र समूहलाई बढि फाइदा पुग्नेछ ।

त्यस्तै स्वास्थ्य संस्था, शैक्षिक संस्था र समुदायका अन्य समूह र व्यक्तिहरु पनि लाभान्वित हुने छन् । नगरमा हाल १ हजार ७४४ जनाको मात्रै नयाँ दर्ता कायम रहेको छ ।

शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्युलचियर, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु उपलब्ध रहने छ ।

शिविरमा आँखा, कान, मनोविद, मेडिकल लगायतका स्वास्थ्य परिक्षणका लागि बिशेषज्ञ डाक्टरहरुले सेवा दिने छन् । १ नम्बर वडामा १०६ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् ।

उपमेयर मीना पाेखरेल उप्रेतीकाे अध्यक्षतामा पहिलाे दिनकाे समापनकाे सञ्चालन वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकनश वस्तीले गरेका थिए ।

यसैविच मन्त्री कार्कीलाई वडा नम्बर १ का वडाध्यक्ष रामकुमार राईले वडाका समस्या र याेजनाहरूका लागि ध्यानाकर्षण पत्र बुझाएका थिए ।

पछिल्लो समाचार

झापा–११ पहिलो चरणबाटै बाहिरियो

अघिल्लो समाचार

प्रथम झापा कप : आर्मी पनि बाहिरियो

Related Posts

नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

माओवादीले भन्याे-´निस्कासन गरिएका कर्मचारीलाई पुनर्वहाली गर`

कार्तिक ११, २०८२, १:१७ .मङ्लबार
झापा महिला गोल्डकप : खेल तालिका सार्वजनिक
box -3

झापा महिला गोल्डकप : खेल तालिका सार्वजनिक

कार्तिक १०, २०८२, १:३३ .सोमवार
मेची र निन्दामा छठ पर्व : अस्ताउँदो सूर्यलाई अघ्र्य (फोटोफिचर)
banner

मेची र निन्दामा छठ पर्व : अस्ताउँदो सूर्यलाई अघ्र्य (फोटोफिचर)

कार्तिक १०, २०८२, १:०१ .सोमवार
कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -1

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.