मेचीनगर, ९ कात्तिक । नेपाली कांग्रेस मेचीनगरले नगरपालिकाले अस्थायी, ज्यालादारी र करार कर्मचारी हटाएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
मेचीनगर नगरपालिकाले ती कर्मचारीहरूलाई यहि कात्तिक १ गते हाजिर नगराउने गरि करार सम्झौता रद्व गरेकाेमा विराेध गरेकाे हाे ।
नगर कार्यपालिकाकाे असाेज २९ गतेकाे वैठकले अस्थायी, ज्यालादारी र करारका करिव १३८ जना कर्मचारीहरूलाई माथिकाे परिपत्र भन्दै करार सम्झौता नगर्ने गरि कात्तिक १ गतेदेखि लागू हुने गरि हटाएको थियाे ।
जेनजी आन्दोलनपछि बनेकाे सरकारका प्रधानमन्त्री शुशीला कार्कीकाे मन्त्रीपरिषद वैठकले खर्च कटाैतिकाे नाममा देशभरि त्यस्ता कर्मचारी हटाउन सबै पालिकालाई परिपत्र गरेकाे थियाे ।
साेहि अनुसार मेचीनगरले पनि कर्मचारी हटाउने निर्णय गरेकाे थियाे । तर, माथिकाे परिपत्र अधिकांश पालिकाले लागू गरेका छैनन् ।
कांग्रेस मेचीनगर सभापति सुदय पनेरूले आइबार प्रेस विज्ञप्ति जारी गरेर कर्मचारी हटाएकाे विराेधमा निर्णय तत्काल पुनरावलोकन गर्न माग गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पालिकालाई कर्मचारीकाे नियम, कानुन स्पष्ट गरेकाे छ ।
जेनजी आन्दोलनकाे नाममा सरकारी र निजी सम्पतिमा आगजनी, ताेडफाेड र लुटपाटले कार्यालयका कागजात समेत जलेर खरानी भएकोमा कांग्रेसले दु:ख व्यक्त गरेकाे छ ।
संघिय सरकारले खर्च कटाैतिका लागि गरेकाे निर्णय ठिक भए पनि स्थानीय सरकारले राेजराेटीकाे कुरालाई ध्यान दिन माग गरेकाे छ ।
कर्मचारी निस्कासनले धेरै सेवाग्राहीलाई समस्या पर्ने र नगरपालिकाकाे स्थायित्व कमजाेर हुने भएकोले कर्मचारीलाई तत्काल पुनरावलोकन गर्न विज्ञप्तिमा माग गरिएको छ ।
यसअघि एमाले मेचीनगरले पनि निर्णय सच्याउन माग गरेकाे थियाे ।




Discussion about this post