मेचीनगर, ११ कात्तिक । नेकपा माओवादी केन्द्र मेचीनगरले स्थायी कर्मचारीकाे व्यवस्था नहुन्जेल निस्कासन गरिएकालाई नै पुनर्वहाली गर्न सुझाव दिएकाे छ ।
नगरपालिकाले अस्थायी, ज्यालादारी र करार कर्मचारी हटाएकोमा माओवादीले ध्यानाकर्षण गराएकाे हाे ।
मेचीनगर नगरपालिकाले ती कर्मचारीहरूलाई यहि कात्तिक १ गते हाजिर नगराउने गरि करार सम्झौता रद्व गरेकाेमा विराेध गरेकाे हाे ।
नगर कार्यपालिकाकाे असाेज २९ गतेकाे वैठकले अस्थायी, ज्यालादारी र करारका करिव १३८ जना कर्मचारीहरूलाई माथिकाे परिपत्र भन्दै करार सम्झौता नगर्ने गरि कात्तिक १ गतेदेखि लागू हुने गरि हटाएको थियाे ।
जेनजी आन्दोलनपछि बनेकाे सरकारका प्रधानमन्त्री शुशीला कार्कीकाे मन्त्रीपरिषद वैठकले खर्च कटाैतिकाे नाममा देशभरि त्यस्ता कर्मचारी हटाउन सबै पालिकालाई परिपत्र गरेकाे थियाे ।
साेहि अनुसार मेचीनगरले पनि कर्मचारी हटाउने निर्णय गरेकाे थियाे ।
माओवादी मेचीनगर अध्यक्ष राजन चिमरिया र सचिव कृष्ण काैशल सिटाैलाकाे नाममा आज हस्ताक्षरित विज्ञप्तिमा कर्मचारी हटाएकाे विराेधमा निर्णय तत्काल सच्याएर पुनर्वहाली गर्न माग गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पालिकालाई सर्वे सर्व अधिकार दिएकाे छ । साेहि अनुसार विगतमा काम नभएको र अहिले पनि गर्न नसकेकाे स्पष्ट छ ।
कर्मचारीका लागि नियम, कानुन स्पष्ट रहेकाेले साेहि अनुसार पालिकाले अधिकार प्रयाेग गर्न चुकेकाे विज्ञप्तिमा उल्लेख छ ।






Discussion about this post