
झापा, १५ कात्तिक । शिवसताक्षी नागरपालिका-१० स्थित माइधारका सरोज शर्माको हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा माईधारका २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शर्मा कात्तिक ९ गतेदेखि गाडीसहित बेपत्ता भएका थिए ।
शर्माको शव आज विहान बाहदशी गाउँपालिका र झापा गाउँपालिका बीचमा रहेको बिरिङ खोलाकाे पुल मुनि गाढेकाे अवस्थामा फेला परेको थियो ।
३३ वर्षीय शर्माले चढ्ने बागमती प्रदेश ०१-०३ च ७१९४ नम्बरको कार विहीबार मेचीनगर-१३ स्थित हातेमालो सामुदायिक वनभित्र बेवारिसे अवस्थामा आगाे लगाएर खरानी भएको अवस्थामा भेटिएको थियाे ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रकुमार खड्काले शर्माको शव बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा फेला परेको बताए ।
यसैबीच स्थानीय युवाहरूले पक्राउ परेका सुनिल साहकाे माइधारकाे घरमा ढुंगा मुढासहित ताेडफाेड गरेका छन् ।




Discussion about this post