मेचीनगर, १५ कात्तिक । जीवन विज्ञान प्रतिष्ठान काेशी प्रदेशले यहि कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म मेचीनगरमा चक्र विज्ञान कार्यक्रम गर्ने भएको छ ।
प्रतिष्ठानले शनिवार दिउँसो प्रेस क्लब मेचीनगरकाे कार्यालय इटाभट्टामा पत्रकार सम्मेलन गरेर उक्त कुराकाे जानकारी गराएको हाे ।
प्रतिष्ठानका प्रदेश संयाेजक केदारमान कार्कीले धुलाबारीकाे पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा हुने चक्र विज्ञान कार्यक्रममा संस्थापक एवम् जीवन विकास विशेषज्ञ रमेश गुरूदेव र एलपी भानु गुरूदेवले ज्ञान र ध्यान लगायतका विषयमा प्रवचन दिने बताइएकाे छ ।
शरिरमा हुने सात वटा चक्र अर्थात उर्जा केन्द्रका विषयमा मसिनाे गरि केलाएर जीवनमा आएका उत्तर चढावहरूलाई याेग, ध्यान र चेतनाबाट समाधान र जीवन उपयाेगी बनाउन मद्वत मिल्ने आयोजककाे भनाई छ ।
काठमाडौंमा २०६८ सालमा स्थापना भएको प्रतिष्ठानले ६० वटा देशमा यश सम्बन्धि प्रशिक्षण दिइरहेकाे बताएको छ ।
धुलाबारीमा हुने चक्र विज्ञान कार्यक्रममा ७ दिनसम्म विहान ६ वजेदेखि ५ वजेसम्म खाजा र खानासहितकाे व्यवस्था रहेकाे छ ।
कार्यक्रममा सहभागी हुन एकजना बराबर रू.१४ हजार प्रवेश शुल्क लाग्ने प्रदेशका सल्लाहकार एवम् मेचीनगर कार्यक्रम संयाेजक लक्ष्मण न्याैपानेले जानकारी दिए ।
उक्त कार्यक्रमले शैक्षिक सुधारमा याेगदान पुग्ने, तनाव व्यवस्थापन, कार्यक्षमता, स्वास्थ्यमा अभिवृद्धि, स्मरण शक्तिकाे विकास, खुसि, शान्ति, आनन्द लगायत जीवनकाे पथ बारे जानकारी हुने प्रदेशका काेषाध्यक्ष एवम् मेचीनगर कार्यक्रमका सहसंयाेजक सुरेश भट्टराईले बताए ।
अहिलेसम्म ६० लाख बढिले उक्त कार्यक्रममा सहभागी भएर लाभ लिएकाे प्रतिष्ठानकाे सञ्चार विभाग हेर्ने दीपक बरालले जानकारी दिएका छन् ।




Discussion about this post