६ पुष २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पत्रकार महासंघ झापा शाखाको पद हस्तान्तरण

पुस ९, २०८१, १:५२ .मङ्लबार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ९ पुस । आज स्थापना दिवसमा नेपाल पत्रकार महासंघ झापा शाखाको जिल्ला कार्यसमिति, प्रदेश र राष्ट्रिय परिषद सदस्यमा निर्वाचितहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

आज नेपाल पत्रकार महासंघ झापा शाखाको ३६ औँ स्थापना दिवसको अवसरमा बिर्तामोड स्थित ईन्द्रेणी पार्टी प्यालेसमा आयोजित निर्वाचितहरुको १४ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

पद हस्तान्तरण कार्यक्रममा सञ्चारकर्मी डायरी विमोचन गरिएको छ । कार्यक्रममा निर्वाचन समितिका संयोजक शिरो सान्दाई खतिवडा, निर्वाचन अधिकृत अधिवक्ता दीपेन्द्र भट्टराई, निर्वाचन अधिकृत लक्ष्मी खनाल कोइरालाले निर्वाचित महासंघको कार्यसमिति, प्रदेश र राष्ट्रिय परिषद सदस्यहरुलाई पद हस्तान्तरणसँगै प्रमाणपत्र वितरण गरेका थिए ।

सोही अवसरमा महासंघको अघिल्लो कार्यकालमा उत्कृष्ट शाखा बनाउन प्राविधिक सहयोग गर्ने सन्तोष शर्मा, सन्तोष अधिकारी, रुपा मुखिया र महासंघकी कर्मचारी अनुषा चुडाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, अग्रज पत्रकार गोविन्दचन्द क्षेत्री, नेपाल प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टरका नेता बिमल लामिछाने, फोनिजका नेता दिपिन राई, पत्रकार राजेन्द्र गौतम, प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारीका उपाध्यक्ष प्रदीप परियार, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भुजित दाहाल, सञ्चारिका समूहकी अध्यक्ष लिला अनमोल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा निर्वाचन समितिले महासंघ झापाको सचिव पदमा बराबरी मत प्राप्त गर्ने प्रदीप परियार र राजु पाठकबीच आधा–आधा कार्यकालका लागि गोलाप्रथा गरेको थियो ।

गोलाप्रथाबाट पहिलो आधा अर्थात ढेड वर्षे कार्यकालका लागि राजु पाठक र बाँकी कार्यकालका लागि प्रदीप परियार रहने गरी जिम्मेवारी प्रदान गरिएको छ ।

गत मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनबाट आगामी तीन बर्षे कार्यकालका लागि पुनः एकराज गिरीकै नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ ।

पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष केशव भट्टराईले र सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

पछिल्लो समाचार

मनिषा बनिन् ‘हेरिटेज पेटाइट युनिभर्स’ विद्यामा विश्व सुन्दरी

अघिल्लो समाचार

बाहुनडाँगी जेसीजका अध्यक्ष देशकै ‘उत्कृष्ट शाखा अध्यक्ष’

Related Posts

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
banner

कार्यकर्ताले ओलीलाई अध्यक्षमा तेस्राे पटक पनि जिताए

पुस ३, २०८२, ८:१६ .बिहिबार
अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम
banner -1

अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम

पुस २, २०८२, १:५७ .बुधबार
प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता
banner -2

प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता

मंसिर २९, २०८२, १२:५६ .सोमवार
झापा गोल्डकप माघ २४ गतेदेखि
banner -1

झापा गोल्डकप माघ २४ गतेदेखि

मंसिर २९, २०८२, १२:४१ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.