१८ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कृष्णथुम्की विकास समितिमा अनियमितता छैन : अध्यक्ष क्षेत्री

पुस १५, २०८१, ९:५५ .सोमवार
0
0
0
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ पुस । ऐतिहासिक पर्यटकीय तथा धार्मिक तीर्थ स्थलको रुपमा विश्वभरी नै परिचित कृष्णथुम्की विकास समितिले मन्दिरको मर्मत कार्यमा विवाद आएपछि हिसावका बारेमा प्रष्ट पारेको छ ।

संघिय सरकारको शहरी विकास मन्त्रालय मार्फत संघन शहरी तथा भवन निर्माण आयोजना झापाले मेचीनगर नगरपालिका वडा नं.१ मा रहेको कृष्णथुम्की मन्दिर तथा परिसर मर्मतका लागि २८ लाख बढीको बजेट आएको थियो ।

आयोजनासँग कृष्णथुम्की विकास समितिले २०८१ बैशाख १४ गते मन्दिर मर्मतका लागि सम्झौता गरेको थियो ।

कृष्णथुम्की विकास समितिका अध्यक्ष हिम्मत क्षेत्रीले मन्दिर तथा परिसर थप निर्माणका लागि स्टेमेट अनुसार आयोजनाबाट २८ लाख ५ हजार १९७ रुपैयाँ स्वीकृत भएको जानकारी दिए ।

उनका अनुसार मन्दिर तथा परिसर निर्माणमा ३० लाख ३९ हजार १८० रुपैयाँ खर्च भएको छ । आयोजनाबाट २८ लाख ५ हजार १९७ रुपैयाँ स्वीकृत भए पनि त्यसमध्ये २० प्रतिशत लागत सहभागिता, ५ प्रतिशत धरौटी र शुन्य दशमलव ५ प्रतिशत कन्टिजेन्सी कट्टि हुँदा २० लाख ८९ हजार ८७२ रुपैयाँ मात्र उपलब्ध भएको उनको भनाई छ ।

क्षेत्रीका अनुसार २५ दशमलव ५ प्रतिशत हुन आउँने ७ लाख १५ हजार ३२५ रुपैयाँ कम भएको र समितिको २ लाख ३४ हजार ६२६ रुपैयाँ रकम थप खर्च भएको छ ।

समितिका सचिव डिगेन्द्रकुमार थापाले मन्दिरको छानाको छेउको झेयालमा एल्मुनियम सिसा जडानमा ७० हजार, पुरानो भवन भत्काई राधा कृष्ण, देविथानसहित नयाँ निर्माणमा ८ लाख २० हजार १०९, साकेलाथान प्राङ्गण निर्माण १५ लाख ७ हजार ५३०, चौतारी भवनको उत्तर पूर्व टायल्समा ९ हजार ९८०, गुम्बाको प्राङ्गण ढलाई १० हजार ४९६, मन्दिरको छानामा पित्तलमा १५ लाख ६२ हजार २९५, मन्दिर रंगरोगनमा ८३ हजार ९४५, पार्कमा ब्लक र टायल्स लगाउँदा २ लाख १ हजार ८०० र अन्य विविध कार्यमा ३ हजार ३२५ रुपैयाँ खर्च भएको बताए ।

अध्यक्ष क्षेत्रीले मन्दिरको निर्माण सम्पन्न गर्न समितिको ९ लाख ४९ हजार ९५१ रुपैयाँ खर्च भएको बताए ।

ऋणमा रहेको उक्त रकम मध्ये आयोजनाबाट फिर्ता हुने ५ प्रतिशत धरौटी बापतको १ लाख ४० हजार, केशी प्रदेश सरकारको पर्यटन कार्यालयमा भएको धरौटी बापतको १ लाख ५० हजार, मेचीनगर नगरपालिका कार्यालयबाट १ लाख, वडा नम्बर १ बाट १ लाख, समाजसेवी ईन्द्रबहादुर चौहानबाट ७० हजार र विभिन्न दाताबाट ३ लाख ९० हजार रुपैयाँ उठ्न बाँकी रहेको उनले बताए ।

२०८१ असार २७ गते सम्पन्न निर्माण कार्यको हिसाव समितिले भेला गरेर गत मंसिर १५ गते सार्वजनिक गरिसकेको थियो ।

त्यसबेला हिसाब किताब सार्वजनिक गर्ने क्रममा स्थानीयले विनियोजित बजेट भन्दा धेरै रकम खर्चमा आपत्ति गरेका थिए । ९ लाख ४९ हजार ९५१ रुपैयाँ घाटा भएको विवरणप्रति समितिलाई स्थानीयले अनियमितताको आशंका गरेर छानविनको माग गरेका थिए ।

समितिले आज (सोमबार) विहान मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर हिसाव कितावका बारेमा स्पष्ट पारेको हो ।

संघिय सरकारको शहरी विकास मन्त्रालयबाट उक्त बजेट ल्याउन झापा क्षेत्र नं.१ का सांसद एवम् नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहयोग गरेको अध्यक्ष क्षेत्रीले बताए ।

भिडियो पनि हेर्नु होला ।

 

पछिल्लो समाचार

सहकारी सम्बन्धी अध्यादेश जारी

अघिल्लो समाचार

ओलीको गृहजिल्लामा गर्जीए प्रचण्ड

Related Posts

क्यान्सर हस्पिटलको वक्तृत्वकलामा निधिकी सोफिया प्रथम
banner

क्यान्सर हस्पिटलको वक्तृत्वकलामा निधिकी सोफिया प्रथम

माघ १८, २०८२, १:२६ .आइतवार
प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित
box -1

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित

माघ १७, २०८२, ११:०४ .शनिबार
बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया
box -2

बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया

माघ १७, २०८२, १०:३८ .शनिबार
‘झापा गोल्डकप’ माघ २४ गतेदेखि
banner -2

‘झापा गोल्डकप’ माघ २४ गतेदेखि

माघ १७, २०८२, ९:५५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.