झापा, १५ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशकै जाली, झेली, कपटी र बेइमानी भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाको गोरीगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।
यसअघि सत्तामा सहकार्य गरेका उनीहरूबीच पछिल्लो पटक कांग्रेससँग एमालेको सत्ता गठबन्धनपछि माओवादीसँग सम्बन्ध तितो भएको छ ।
‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी छन्’, प्रचण्डले भने–‘मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु, । जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’
प्रचण्डले आफूलाई अलोकतान्त्रिक र तानाशाही ढंगबाट हटाइएकोमा चिन्ता व्यक्त गरेका थिए । साथै, उनले बिर्तामोडको गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने ठोकुवा गरेका थिए ।
यसैबीच प्रधानमन्त्री ओलीले आइतबार वीरगञ्ज पुगेर प्रचण्डप्रति लक्षित गर्दै अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको बताएका थिए ।
Discussion about this post