२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विपीको नीति झन् सान्दर्भिक

पुस १६, २०८१, ५:०४ .मङ्लबार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

आजकै दिन ४९ बर्षअघि (२०३३ पुष १६ गते) आठबर्ष लामो भारत निर्वासनबाट मृत्यदण्ड समेतको पर्वाह नगरी आफ्ना सहकर्मीसहित राष्ट्रिय मेल मिलापको नीति लिएर विपी कोइराला स्वदेश फर्किएको दिन । यस दिन (पुस १६)लाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा देश बिदेशमा मनाउने गरेको छ । २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रले दुइतिहाई बहुमतसहित प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेस्वरप्रसाद कोइरालाको मन्त्री परिषद र संसद विघटन गरि शाही सेनाको बलमा प्रजातन्त्रको हत्या काम भयो ।

महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् बिपी, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाएर जेल हाल्नुभयो । विपीलाई जेल हालिएको आठबर्षपछि २०२५ कात्तिक १४ गते विपी कोइराला लगायतका नेताहरु जेलमुक्त हुनुभयो । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते विपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेरअघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किनुभयो ।

नेपाल तरुण दलको महाधिवेशन उदघाटनमा सरिक भइरहेकोे अवस्थामा २०१७ साल पुस १ गत नेपाली कांग्रेसका सभापति समेत रहनु भएका विपीलाई पक्राउ गरि सुन्दरीजल जेल लगियो र प्रजातन्त्रलाई कू गरियो । भागेर, देश छोडेर हिडेका राजाहरुलाई स्वदेश फर्काएर राजगद्दीमा राख्ने कांग्रेस र नेपाली जनताको अधिकारकाप्रति राजाहरुको बारम्बारको आक्रमणकै कारण ज्ञानेन्द्र शाहको पालामा आइपुग्दा नेपालबाट २४० बर्षे ईतिहासको बिरासत खण्डित गर्दै राजतन्त्र÷राजसंस्था समाप्त भयो ।

बिश्वको राजनैतिक इसतहासमा अत्याचार गर्नेहरुको अन्त्य यसरी नै हुँदै आएको छ, हुन्छ ! र गणतन्त्रको बिऊ त राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र खोसेर कांग्रेसलाई दमन गर्दै कांग्रसको कउण्टरमा दरबारिया दानापानीमा रोयल कम्युनिष्ट उत्पादन गरेर रोपेका थिए । यस्तो दरबारिया षडयन्त्रको चक्रब्यूहमा परेको नेपाली कनंग्रेसले त्यही राजतन्त्रसँग देश बचाउन मेलमिलापको हात अघि बढायो ।
कांग्रेस इतिहासदेखि नै मेलमिलापको पक्षमा

नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै क्रान्ति र शान्तिको मार्ग पहिल्याएको पाइन्छ । मध्ययुगिन दाशतापूर्ण जहानीयाँ राणा शासनकालको अन्धकार युगमा जनतामा चेतना भर्ने र समानताका लागि संघर्ष गर्ने कांग्रेसीहरुको त्यो परिवेशको राजनैतिक चेतलाई क्रान्तिकारीहरुको उत्साहपूर्ण बलिदानको रुपमा लिइन्छ । नेपालीलाई रैतीबाट नागरिक बनाउन हतियारबन्द क्रान्ति गरेको नेपाली कांग्रेसले भागेर नेपालस्थित भारतीय दुतावासको शरण हुँदै दिल्ली पुगेका राजा त्रिभुवनको राजगद्दी पुनस्र्थापना र राणाहरुलाई पनि देश छोड्न नपर्ने बहुदलीय प्रजातन्त्रलाई स्वीकार गरे स्वदेशमै बस्न दिने नीति अंगिकार ग¥यो ।

यही नीतिका कारण भारतको दिल्लीमा नेपाली कांग्रेस, तत्कालिन राजा श्री ५ त्रिभुवन र राणाहरुका बीचमा त्रिपक्षीय सम्झता भएपछि नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्रको घोषणा गरियो । नेपालमा प्रजातन्त्र आएपछि राजाको समेत प्रतिनिधि रहने गरी तत्कालिन श्री ३ माहराज मोहन शम्सेरको नेतृत्वमा विपी कोइराला गृहमन्त्री रहेको मन्त्री मण्डल पनि गठन भयो । राणहरुको श्री ३ पदवी खोसियो, राजाले मात्र श्री ५ लेख्न पायो अधिकार रह्यो । यो घटना पनि क्रान्तिका बीचमै पनि शान्ति र बढी रक्तपात नहोस् भन्नका खातिर एउटा मेलमिलापको नीति थियो । प्रजातन्त्रमा कसैको हार हुँदैन भन्ने एउटा बलियो उदाहरण हो, २००७ सालको त्रिपक्षीय सम्झौता पनि ।

विं.सं. २०३१ साल बैशाख १३ (सन् १९७५ अप्रिल २६) मा भारतले सिक्किमलाई आफ्नो मुलुकमा बिलय गराएपछि विपी कोइरालालाई नेपालको अस्तित्व पनि संकटमा पर्न लागेको आशंका भयो । जसरी सिक्किममा त्याहाँका राजा र जनताका बीचमा फाटो पैदा गराएर भारतमा बिलय गराइयो नेपाललाई पनि राजा र आफ्ना बीचमा फाटो गराएर नेपालको राष्ट्रिय अस्मितालाई धरापमा पर्ने षडयन्त्र भइरहेको विपीले पूर्वानुमान लगाउनु भयो ।

यही परिवेशमा अनेक अफ्ठ्यारोका बीचपनि मतृभूमी र नेपाली जनताको मायाले गर्दा आफ्नो ज्यानको बाजी लगाएर विपी नेपाल फर्किनु भएको थियो । मुलुक नै नरहे के का लागि र कस्का लागि राजनीति गर्नु ? पहिला मुलुक बचाउँ, अनि राजासँग, पञ्चसँग जो, जोसँग लड्नु परेपनि लडौंला भनेर स्वदेश फर्किनु भएका विपीले देश बचाउँन राष्ट्रियताका सवालमा राजाको घाँटीभन्दा पहिला मेरो घाँटी छ, मलाई नछिनाई राजालाई सक्दैनौं । अर्थात देश बचाउन राजा र म सँगै छौं ।

देश जोगाएपछि राजा र पञ्चसँग प्रजातन्त्रका लागि लड्ने लडाई त फेरिपनि छँदैछ भनेर मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ बिपीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फकिनु भएको थियो । दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किनु भएका महामानव बिपीले पत्रकारहरुले राखेको जिज्ञासामा मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राख्नु भएको थियो ।

निरंकुश राजतन्त्रलाई बिपीले कहिल्यै स्वीकार गर्नुभएन । तर बिपीले राजासँग मिल्नुपर्छ भन्नु भएको थियो, कांग्रेसले कम्युनिष्टसँग मिलेर राजा फाल्यो भनेर गलत भाष्य निर्माण गर्न खोजिदैछ । विपीले राजासँग मिल्नेकुरा कुन सन्दर्भ र प्रसंगमा गर्नुभएको थियो भनेर बिश्लेषण नगरी एकोहोरो राजाको कुरामात्र गर्दा मेलमिलाप नीतिको उद्देश्य, औचित्य र सान्दर्भिकता माथि अन्याय हुन जान्छ ।

आजभन्दा ५० बर्ष अघि सिक्किममा सिक्किम नेशनल कांग्रेस र सिक्किम जनता कांग्रेससँग राजा छोग्यालको द्वन्द्व बढेर जाँदा राजतन्त्र मात्र समाप्त भएन, देशको स्वतन्त्र अस्तित्व नै सकियो, बिश्वमानचित्रबाट सिक्किम हरायो, बिलय भयो । भारतीय गुप्तचर संस्था रअ र प्रधानमन्त्री इन्दिरा गान्धीको गुप्त योजना अनुसार नै सिक्किमलाई भारतले निलेपछि बीपीले देश जोगाउन राष्ट्रिय मेलमिलापको नीति लिनुभयो । यही नीतिपछि शसस्त्र विद्रोहको तयारी गर्दै गरेको कांग्रेसले हतियारको राजनीति छोड्दै शान्तिपूर्ण राजनीतिमा आउने सोचाइ बनाएकोे पाइन्छ ।

विपीको स्वदेश आगमन र त्यसको प्रभावले देशमा प्रजातान्त्रिक आन्दोलनका पक्षमा राजनीतिक तरंग सिर्जना गर्यो, सर्वसाधारण जनतासमेतलाई प्रभावित गर्यो। त्यसैको परिणाम २०३५ को विद्यार्थी आन्दोलन, २०३६ को जनमत संग्रह हँुदै राजनीति केही खुकुलो भयो । त्यही मेलमिलापको नीतिमा टेकेर कांग्रेसले राणा, राजा र कम्युनिष्टहरुलाई प्रजातन्त्र र जनतामा निहित सार्वभौम सत्ता (अर्थात जनताको सर्वोच्चता)लाई स्वीकार गराउन नेपाली कांग्रेसले समय–समयमा कठोर संघर्ष गर्नु परेको इतिहास साक्षी छ । कांग्रेसले २०४२ सालमा सत्याग्रह आन्दोलन गर्यो । त्यसले पार्टीलाई थप संगठित गर्न मद्दत पुग्यो र कांग्रेस पार्टीकै नेतृत्वमा २०४६ सालको राष्ट्रिय जनआन्दोलन सम्पन्न भई प्रजातन्त्र पुनःस्थापना भएको थियो ।

राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको प्रतिपादन र पछि यसको व्याख्या गर्दा राष्ट्रियताको विषयमा बिपीले भन्नु भएको थियो–राजामा जुन राष्ट्रियताको तत्व छ, त्यस कारणले राजाले प्रजातन्त्रलाई पनि स्वीकार गर्छन् भने राजा पनि चाहिन्छ । यसोभन्दा निरंकुश राजा चाहिन्छ भनेको होइन । विपीले कम्युनिष्ट पार्टीहरूसँग कहिले पनि सहकार्य गर्नु भएन र गर्ने पक्षमा पनि हुनुहुन्नथ्यो । किनकि कम्युनिष्टहरु सर्वहारा बर्गको एकदलीय अधिनायवादी शासनको वकालत गर्दथे ।

उनीहरु प्रजातन्त्रलाई मान्दैनथे, अधिकार सार्वभौम जनतामा होइन, कम्युनिष्ट पार्टीको पोलिट ब्यूरोमा हुनुपर्छ भन्ने कम्युनिष्टहरुको नीतिको बिपी खरो बिरोधी हुनुहुन्थ्यो । कम्युनिष्टले बहुदलीय ब्यवस्था, मानव अधिकार, प्रेस स्वतन्त्रता र जनताको सर्वोच्चतालाई स्वीकार गरेको भए २०३६ सालको जनतमत संग्रहमा बहुदलको निलो रंङको मतपत्रमा छाप लगाउँथे र त्यसैबेला निरंकुश पञ्चायत ब्यवस्था समाप्त हुन्थ्यो ।

जनमत संग्रहमा केही कम्युनिष्टले पञ्चको पहेंलो रंङमा भोट हाले भने केहीले यो बहुदल भनेको कांग्रेसले ल्याउन चाहेको ब्यवस्था हो, हाम्रो होइन भनेर जनमत संग्रहमा तटस्थ बसे । मनमोहन अधिकारीको माक्सवादी समूहले पञ्चायत भन्दा कांग्रेसले चाहेको बहुदल उचित छ भनेर बहुदलको पक्षमा भोट हालेका थिए । यिनै कारणहरुले बिपीले नेपालका कम्युनिष्टहरुकाप्रति बिश्वास र भरोसा गर्न सक्न्भएन । तर जब कम्युनिष्टहरुले पूर्वी युरोपमा कम्युनिष्टसत्ताको पतनको श्रृंखला देखे तब उनीहरुमा प्रजातन्त्रलाई स्वीकार गरेर अघि नबढेमा नेपालबाट पनि आफ्नो अस्तित्व समाप्त हुने कुरा बुझे ।

त्यसपछि उनीहरुले प्रतिष्पर्धात्मक बहुदलीय ब्यवस्था र जनताबाट निर्वाचित प्रतिनिधिले बनाएको संविधान र कानून अनुसार शासनसत्ता सञ्चालन हुने कुरालाई स्वीकार गरे । तब सर्वोच्च नेत गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्राद कोइरालाले २०४६ सालको संयुक्त जनआन्दोलनमा बाम मोर्चाको रुपमा सँगै प्रजातन्त्र प्रप्तिको आन्दोलनमा कम्युष्टिहरुलाई सहभागी बनाउनु भएको थियो ।

कतिपय मानिसहरुले विपीको जीवनपछि बिपीले प्रतिपादन गर्नु भएको मेलमिलापको नीति कांग्रेसले परित्याग ग¥यो भनेर त्यसको अपव्याख्या पनि गर्दै आएका छन् । मुलतः प्रजातन्त्र र जानतामा निहित सार्वभौमसत्ता नस्वीकार्नेसँग सहकार्य नगर्ने विपीको नीति थियो । जब कम्युनिष्टहरु जनताको सर्वोच्चतालाई स्वीकार गर्ने र बहुदलीय प्रजातन्त्रलाई मान्ने सवालमा सँगै आन्दोलन र सहकार्य गर्न राजी भए, तब मात्र नेपाली कांग्रेसले नेपालका कम्युनिष्ट घटकहरुसँग सहकार्य र मेलमिलापको नीति अंगिकार गरेको पाइन्छ ।

हाम्रा नेताहरूले २०४६ सालमा वाममोर्चालाई साथ लिएर गरेको जनआन्दोलन, कांग्रेसको नेतृत्वमा तत्कालीन ७ दलले माओवादीसँग गरेको १२ बुँदे समझदारी र त्यसमा टेकेर गरिएको ०६२÷०६३ को जनआन्दोलन, बिस्तृत शान्ति सम्झौत र २०७२ मा संविधान निर्माण पनि निश्चय नै मेलमिलापको नीतिमा आधारित नै थियो भन्न सकिन्छ ।

किनकी कुनैपनि अधिनायकवादी शासक चाहे राजा, महाराजा होस् वा कम्युनिष्ट वा सैनिक तानाशाह उसले प्रजातन्त्र र जनताको सर्वोच्चतालाई स्वीकार ग¥यो र राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा आफूलाई उभ्याउने प्रयास ग¥यो भने नेपाली कांग्रेसले उसँग मेलमिलाप गरेर देश बिकासको माहायात्रमा सहभागी गराउनुको सट्टा अनावश्यक द्वन्द्व सिर्जना गरेर मुलुकमा झमेला बढाउनु विपीको नीतिभित्र पर्दैन ।

राजा त्रिभुवनले प्रजातन्त्रको पक्षमा धित्रीरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदा भागेर दिल्ली गएपनि कांग्रेसले नै स्वदेश फिर्ता गराएर राजगद्दीमा राखेकै हो । राजा महेन्द्रले प्रजातन्त्र खोस्दा महेन्द्र चढेको जीपमा जनकपूरमा कांगे्रसका दुर्गानन्द झाँहरुले बम हानेकै हुन् र बाबुकै पथमा लागेर प्रजातन्त्र मास्ने निरंकुश राजा ज्ञानेन्द्रलाई राजगद्दीबाट कांग्रेसकै अगुवाइमा हटाइएकै हो । त्यसैले जब नेपालका कम्युनिष्टहरुले प्रजातन्त्र र जनताको अधिकारलाई स्वीकार गरे तब कांग्रेसले उनीहरुलाई राष्ट्रिय राजनीतिको मुल प्रवाहमा सँगै साथ लिएर द्वन्द्व मेटाएको पाइन्छ ।

इतिहासमा नेपाली कांग्रेस र नेपाली जनताको बिरुद्ध जो जो उभिए ती समाप्त भएर गएका छन् । यसका प्रसस्त उदाहरणहरु छन् । १०४ बर्षे जहाँनीया राण शासन, ३० बर्षे पञ्चायती शासन, २४० बर्षे शाही शासन सबै नेपाली कांग्रेस र नेपाली जनतासँग निहु खोज्दा, दमन गर्न खोज्दा समाप्त भएका हुन् ।

यो सब देखेका नेपालका कम्युनिष्टहरुले कांग्रेसलाई बुर्जुवा आदि इत्यादी भनेपनि नेपाली कांग्रेससँगको सहकार्य र सहयात्रा बिना आफ्नो अस्तित्व जोगिन नसक्ने ठानेर नै मेलमिलापको नीतिमा उनीहरु पनि आएकै हुन् र सहकार्य गरेका हुन् । राष्ट्रियताका सन्दर्भमा विपीले राजसंस्था वा राजासँग गर्नुभएको मेलमिलापको प्रस्तावलाई राजा बिरेन्द्रले स्वीकार गरिएन तर तर जनमतसंग्रह मार्फत केही सुधारका पय्रास भने भए ्। बिपीको मेलमिलापको त्या नीतिे स्वीकार नगर्नाको परिणाम हो अन्ततः देशबाट राजसंस्था नै पतन भयो ।

२०६२÷०६३ को परिवर्तनपछि नेपाली कांग्रेस स्वयंको नेतृत्वमा देशमा गणतन्त्र स्थापना भयो । बीपीले मेलमिलाप नीति प्रतिपादन गर्दाको विश्व राजनीतिक परिवेश र घरेलु परिस्थितिमा अहिले परिवर्तन आएको छ । तर हाम्रो राष्ट्रियता र प्रजातन्त्रमाथि देखिएको चुनौती र खतरा भने अझै टरेको छैन । अहिले हाम्रा छिमेकी एवं मित्र राष्ट्रहरू र विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीको नेपालप्रतिको चासो झन् बढेको छ । त्यो चासो कतिपय अवस्थामा दबाब र हस्तक्षेपकै तहमा देखिने गरेको छ ।

यस अवस्थामा राष्ट्रियतामाथिको चुनौती विगतमा भन्दा अझ बढ्दो छ । अब राष्ट्रियताको जगेर्ना गर्न र जनताको स्वाभिमानलाई अझ उच्च बनाउन बीपीको नीति, विचार सिद्धान्तलाई शब्दमा भन्दा ब्यवहारमा अवलम्वन गरिनुपर्छ । यसलाई वर्तमान राजनीतिक परिवेशमा थप परिभाषित एवम समृद्ध बनाउँदै राष्ट्रवादी एवम प्रजातन्त्रवादी शक्तिबीच व्यापक एकता र मेलमिलाप स्थापित गर्न जरूरी छ ।

अझ जनतामा भ्रष्टाचार र बेथितिले गर्दा चरम निरासा बढेर गएको छ । यो लोतन्त्र र राष्ट्रियताका लागि झन खतरा हो । अरु सबैसँग मेलमिलाप गरेपनि नेपाली कांग्रेसले भ्रष्टाचारी, दलाल, कमिशनखोरहरुका बिरुद्ध कठोर संघर्ष गरेर विपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादी यात्रालाई द्रूत गतिमा अघि बढाउन ढिला गर्नु हुँदैन ।

गरीबी, पछौटेपन, रोग, भोक, शोक, अभाव र अनावश्यक प्रभावले ग्रस्त भएर मुलुले समाजवादी मार्ग पहिल्याउन सक्दैन । गरीबलाई धनी नबनाई देशले समृद्धिको यात्रा पनि तय गर्नै सक्दैन, गरीबलाई धनी बनाउने यही हो विपीको समाजवादी नीति । त्यसैले अबको लडाई कांग्रेसले यसैतर्फ केन्द्रित गनुपर्दछ । यही नीतिले हामीलाई प्रजातान्त्रिक समाजवादको लक्ष्यमा पुर्याउँदछ । त्यही भएर विपीले प्रतिपादन गर्नु भएको मेलमिलापको निित वर्तमानमा भन् सान्दर्भिक भएर गएको छ । जय नेपाल ।

(लेखक नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति, नेपाली कांग्रेस झापाका जिल्ला सचिव हुन्, मो.९८५२६७२७५) ।

पछिल्लो समाचार

ओलीको गृहजिल्लामा गर्जीए प्रचण्ड

अघिल्लो समाचार

अपाङ्गता भएका व्यक्तिलाई घृणा होइन, प्रेम गर्नुपर्छ : मेयर बुढाथोकी

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.