४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

१२७३ जनाले पाए कार्ड

अपाङ्गता भएका व्यक्तिलाई घृणा होइन, प्रेम गर्नुपर्छ : मेयर बुढाथोकी

पुस १६, २०८१, १:३४ .मङ्लबार
0
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १६ पुस । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले अपाङ्गता भएका व्यक्तिहरुलाई घृणा होइन, प्रेम गर्नु पर्ने बताएका छन् ।

आज नगरपालिका कार्यालयको सभा हलमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण समापन कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले यस्तो कुरा बताएका हुन् ।

‘अपठेरो जीवन विताइरहेकाहरुसँग सहकार्य गर्ने मौका मिलेको छ’, मेयर बुढाथोकीले–‘गरिवी, अभाव र समाजमा अपहेलित भएर बसेकाहरुलाई घृणा होइन, माया गर्नुपर्छ । अहिले राज्यले पनि उहाँहरुलाई खोज्न थालेको छ । अभियानलाई अझ सशक्क्त बनाएर लान आवश्यक छ ।’

कार्यक्रमको अध्यक्षता गरेकी उपमेयर मीना पोखरेल उप्रेतीले यस्तो शिविर सञ्चालन गर्न चानचुने कुरा नभएको बताइन् । उनका अनुसार अभियान सफल भएको छ । उपमेयरमा दुई कार्यकालको अनुभव बटुलीरहेकी उनले लगभग ८ वर्षमा भौतिक पूर्वाधारको विकासमा भन्दा पनि अहिले मानविय सेवामा काम गर्न पाउदा खुशीबोध भएको बताइन् ।

नगरपालिकाले अब चाँडै कार्यविधि संशोधन गरेर चिल्लो बाटो बनाउनु भन्दा यस्ता मानविय सेवाको काममा बजेट राख्ने दावी गरिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सरकारले जनताको घरघरमा गएर यस्तो सेवा दिँदा सबैको सहयोग रहेकोले अभियान सफल भइरहेको बताए । उनले हाल शिविर मात्र सम्पन्न भएकोमा अब क्रमशः अन्य कार्यक्रमहरु पनि अघि बढ्ने जानकारी गराए ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबीच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ । जारी अभियानमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ ।

पुस १ गतेदेखि वडा नम्बर १ देखि सुरु उक्त शिविर १५ गते वडा नम्बर १५ मा गरेर सम्पन्न भएको थियो । शिविरमा सहभागी नहुने छुटेकालाई मंगलबार नगरपालिकामा सेवा दिइएको थियो ।

आजसम्मको शिविरबाट एक हजार ६६७ जना अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिएका छन् । मेचीनगर–१ देखि १५ नम्बर वडाका एक हजार ६२४ जनाले र आज नगरपालिकामा ४३ जनाले उक्त सेवा लिएका थिए ।

स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रममा एक हजार ४२५ जना अपाङ्गता भएका व्यक्ति सहभागी थिए । जसमा बालबालिका २३४, वयस्क ११९१, पुरुष ८३४, महिला ५९१ जना रहेका थिए ।

शिविरमा ८०१ जनालाई परिचय पत्र वितरण गरिएको थियो । जसमा ६७९ वटा नयाँ परिचय पत्र र १२२ वटा परिचय पत्र नविकरण गरिएको थियो ।

शिविरमा वितरण गरिएको १२७३ वटा कार्डमध्ये ३२५ जनालाई रातो कार्ड, ४७२ जनालाई निलो कार्ड, ४०८ जनालाई पहेँलो कार्ड र ६८ जनालाई सेतो कार्ड वितरण गरिएको थियो ।

कार्यक्रममा मेचीनगर–२ का वडाध्यक्ष दीपक बराल लगायतले अभियान सफल भएको बताएका छन् । कार्यक्रम सफल पार्न खटिएका विशेषज्ञ डाक्टरसहितको ५६ जना कर्मचारीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

नगरपालिकाकी महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन साझेदारी संस्था करूणा फाउन्डेसन नेपालका मेचीनगर संयोजक पदम बराईलीले गरेका थिए ।

पछिल्लो समाचार

विपीको नीति झन् सान्दर्भिक

अघिल्लो समाचार

पत्रकारले स्वतन्त्र भएर कलम चलाउन मन्त्रीको आग्रह

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.