९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हात्तीको कार्यविधि बनाएर आगामी बजेटमा राख्छौँ : मन्त्री शाही

पुस २३, २०८१, २:४२ .मङ्लबार
0
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ पुस । संघीय सरकारका वन तथा वातावरण मन्त्री एनबहादुर शाहीले झापामा हात्तीको दीर्घकालिन समाधानका लागि कार्यविधि बनाएर आगामी बजेटमा समावेश गरिने बताएका छन् ।

आज धुलाबारीमा सांसद सचिवालय झापा निर्वाचन क्षेत्र नं. १ का संघिय सांसद विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको सर्वपक्षिय छलफलमा मन्त्री शाहीले यस्तो कुरा बताएका हुन् ।

उनले हात्ती र मानवबीचको द्वन्द समाधानका लागि सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । ‘हात्तीको समस्याका विषयमा सबै दल र सरोकारवालाहरु एकजुट हुनु भएकोमा छलफल ऐतिहासिक रहेको छ’, मन्त्री शाहीले भने–‘पीडितलाई राहत १५ दिनभित्र दिने गरी निर्णय भएको छ ।’

उनले राहतलाई ढिलाई नगर्न संघ र प्रदेशका सचिवलाई निर्देश गरे । १४ बुँदे मागलाई संघ र प्रदेशले कार्यान्वयनमा लाने उनले बताए ।

मेयरले मन्त्रीलाई बुझाए १४ बुँदे माग पत्र

मंगलबार भएको सर्वदलिय छलफलको १४ बुँदे मागलाई मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले संघीय मन्त्री शाही र कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डललाई बुझाएका छन् ।

हामी पनि दोषी छौँ : मन्त्री मण्डल

कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री मण्डलले मानव हात्ती द्वन्द समाधानका लागि हामी पनि दोषी रहेको बताए । उनका अनुसार यस विषयमा हामी पनि सुध्रिनु पर्छ ।

‘मान्छे पनि बस्नु पर्छ, जनावरलाई पनि बिगार गर्नु हुँदैन’, मन्त्री मण्डलले भने–‘बजेट अभावले प्रदेश सरकारले काम गर्न सकेको छैन । संघीय सरकारले पनि दायरा फराकिलो पार्नु पर्छ ।’

के छ १४ बुँदे माग पत्रमा

मेचीनगरका मेयर बुढाथोकीले मन्त्रीलाई पेश गरेको १४ बुँदे माग पत्रमा तटबन्धन चाँडो सक्ने, बालीबीमालाई कार्यान्वयन गर्ने, जैविक करिडोर निर्माण गर्ने, हात्ती मैत्री पर्यटन विकासका लागि बजेट छुट्टाउने, हात्ती पीडित कृषकलाई वैकल्पिक बाली तर्फ आकर्षित गर्ने, सोलार फेन्सिङलाई मर्मत गर्ने, आरआरटीको टिमलार्य सवारी साधानको व्यवस्था गर्ने, जीपीएस, रेडियो कलर जस्ता प्रविधि प्रयोग गर्ने, हात्ती क्षेत्र मैत्री वनको विकास गर्ने, राहत सहज रुपमा पाउन कानुनी झन्झटको व्यवस्था मिलाउने, हात्ती प्रभावित क्षेत्रका लागि डेडिकेटेड सेवा उपलब्ध गराउने, मृतकका परिवारलाई राहतका लागि कार्यविधि बनाउने, स्थानीय सरकारबाट जनस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र सामूदायिक वनको नीति, मानव हात्ती द्वन्द व्यवस्थापन, पर्यापर्यटनको विकास लगायत विषयहरु कार्यान्वयन गर्ने रहेका छन् ।

कार्यक्रममा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, एनटिडीसीका डा.नरेश सुवेदी, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, कोशी टपु वन्यजन्तुका प्रमुख विज्ञ हरिभक्त आचार्य, मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, सामाजिक अभियन्ता सागर शिवाकोटी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

२१ वटा हात्ती र ७२ जनाको मृत्यु

अहिलेसम्म झापामा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भइसकेको छ भने २१ वटा हात्तीको पनि मृत्यु भएको बताइएको छ ।
संघीय र प्रदेश मन्त्री लगायतको टिमले हात्ती प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

सांसद शर्माले सर्वपक्षिय भेलाको १४ बुँदे माग पत्रलाई संघीय सरकार र प्रदेश सरकारले कार्यान्वयन गरिदिन अनुरोध गरेका थिए ।

पछिल्लो समाचार

हात्तीलाई छेक्ने कि संरक्षण गर्ने विषयमा छलफल

अघिल्लो समाचार

सहकारीले ‘मासु’ बेचेरै गर्यो ६४ लाख आम्दानी

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.