२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सहकारीले ‘मासु’ बेचेरै गर्यो ६४ लाख आम्दानी

पुस २४, २०८१, ११:४९ .बुधबार
0
0
0
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ पुस । काँकरभिट्टाको मेची मासु उत्पादक सहकारी संस्थाले एक वर्षमा मासु मात्र बेचेर ६४ लाख बढी आम्दानी गरेको छ ।

आज काँकरभिट्टा खानेपानीको सभा हलमा संस्थाको १७ औँ वार्षिक साधारण सभामा अध्यक्ष भगिरथ राईले प्रस्तुत गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरेका हुन् ।

प्रतिवेदनमा संस्थाले सञ्चालन गरेको मेची मिट मार्टबाट २०८०÷०८१ मा १६ हजार ३३५ केजी ५०० ग्राम विभिन्न प्रकारका मासुजन्य वस्तु उत्पादन गरेर बेच्दा ६४ लाख १८ हजार ७६१ रुपैयाँ आम्दानी भएको उल्लेख छ ।

संस्थाले उत्पादन गरेको बोइलर कुखुराको मासु १३ हजार ७६४ केजी, खुट्टा–टाउको ८१४ केजी, पंगास माछा ७९० केजी, रहुँ माछा ५ केजी ८०० ग्राम, लोकल कुखुराको मासु ४६९ केजी, जिउँदो लोकल कुखुरा ८७ केजी २०० ग्राम, खसीको मासु ३४० केजी २०० ग्राम, खसीको भूडी ५२ केजी ८०० ग्राम, खसीको खुट्टा १२ केजी ५०० ग्राम बेचेको थियो ।

सदस्य कृृषकहरुले उत्पादन गरेको करिव २० हजार बोइलर कुखुरा संस्थाको तीन वटा मासु बिक्री केन्द्रबाट बेचिरहेको छ । संस्थाको मेची मिट एग्रो फर्म पनि सञ्चालनमा छ ।

२०६५ सालमा स्थापना भएको संस्थाले ०७९ मा मेची मिट मार्ट र मेची मिट एग्रो फर्म सञ्चलनमा ल्याएको थियो । मेचीनगर–७ र वडा नम्बर ८ मा जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएको छ ।

सहकारीको नाफा १३ लाख

त्यस्तै सहकारीले बैंकिङ व्यवसायतर्फ दुई हजार ८५९ शेयर सदस्य रहेको संस्थाको चुक्ता पुँजी १ करोड ४७ लाख ६० हजार १०० र नाफा १३ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

सहकारी भुईमान्छेको ‘सञ्जिवनी’ : मेयर बुढाथोकी

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले सहकारी भुईमान्छे र गरिवहरुको जिवीकोपार्जनको ‘सञ्जिवनी’ सावित भएको बताए ।

‘सहकारीलाई कालो धन लुकाउने ठाउँ बनाउनु हुँदैन’, मेयर बुढाथोकीले भने–‘गलत ढंगले पैसा राख्ने र निकाल्नेलाई निगरानी गर्नुपर्छ । कानुन अनुसार सहकारीलाई दण्डा होइन, बचाउनतिर लाग्नु पर्छ ।’

अध्यादेशको विरोध

कार्यक्रममा मेचीनगर सहकारी समन्वय समिति संयोजक वीपी भट्टराईले सरकारले ल्याएको अध्यादेश विरुद्ध सहकारी अभियन्ताहरु लागेको बताए । २ कार्यकाल र १० लाख भन्दा बढी पुँजी राख्न नपाइने नियम सहकारीहरुलाई चित्त नबुझेको उनको भनाई छ ।

सहकारीलाई गलत ढंगले नबुझ्न आग्रह गर्दै उनले मेचीनगरका ७७ वटै सहकारी संस्थाको घरदैलोमा पुगेर अनुगमन गरिने बताए ।

मासुको मुल्य मनपरी

कार्यक्रममा मेची मासु उत्पादक सहकारी संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद प्रसाईले बजारमा मासुजन्य वस्तु बिक्री गर्ने पसलेहरुले मनपरी ढंगले मुल्य राखेर बिक्री गरिरहेकोले त्यसलाई रोक्न स्थानीय सरकारले पहल गर्नु पर्ने बताए ।

खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

सोही अवसरमा संस्थाले ५ जना ज्येष्ठ नागरिकहरुलाई जनही २ हजार नगद, एक–एक वटा ब्ल्याङ्केट र प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा मेचीनगर–७ का कृष्णकुमार ढुंगाना, विष्णुमाया विश्वकर्मा, मेचीनगर–६ का पदममाया पाठक, मायादेवी उप्रेती र इन्द्रमाया तामाङ रहेका छन् ।

त्यस्तै संस्थाले मेचीनगर–६ निवासी राष्ट्रिय तथा अन्तराष्ट्रिय जुनियर फुटबल गोल किपर एवम् प्रशिक्षक मिनबहादुर वस्नेतलाई नगद ५ हजारसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ ।

मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगिरथ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष राजकुमार पराजुलीले र सञ्चालन कार्याललय प्रमुख अनिता गुरागाईले गरेकी थिइन् ।

पछिल्लो समाचार

हात्तीको कार्यविधि बनाएर आगामी बजेटमा राख्छौँ : मन्त्री शाही

अघिल्लो समाचार

काँकरभिट्टाको होटलबाट गैँडाको खागसहित भारतीय पक्राउ

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.