मेचीनगर, २४ पुस । काँकरभिट्टा स्थित हिमालय गेस्ट हाउसबाट गैँडाको खाग जस्तो देखिने वस्तु र खैरो हिरोइनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
आज दिउँसो साढे ३ वजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवम् डीएसपी मिमबहादुर लामाको कमाण्डमा खटिएको टोलीले हिमालय गेस्ट हाउसको १०२ नं.कोठामा बसेका भारत वेष्ट बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामबाट गैँडाको खाग जस्तो देखिने वस्तु बरामद गरेको हो ।
प्रहरीका अनुसार इनटेक्स लेखिएको कार्टुनभित्र १८.६ इन्च सतह गोलाइ, ८.६ इन्च उचाइ, १ केजी ७०० ग्राम तौल भएको गैँडाको खाग जस्तो देखिने वस्तु रहेको छ ।
त्यस्तै प्रहरीले रामधामबाट प्लाष्टिकसहित ३ ग्राम ७६० मिलिग्राम लागुऔषध (खैरो हिरोइन), प्याभन स्पास पल्स लेखिएको ट्यावलेट १८ थान, एसएफ–४०० लेखिएको डिजिटल तराजु एक थान, भिभो र लाभा कम्पनीको मोवाइल २ थान बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोली पक्राउ गरेको थियो । बरामद सामान र भारतीय नागरिक रामधामलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा राखिएको छ ।
Discussion about this post