२७ कार्तिक २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कसले के भने

हात्तीलाई छेक्ने कि संरक्षण गर्ने विषयमा छलफल

पुस २३, २०८१, २:३० .मङ्लबार
0
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, २३ पुस । हात्तीको दीर्घकालिन समाधानका लागि झापामा के गर्न सकिन्छ भनेर मेचीनगरमा बसेको सर्वदलिय वैठकमा हात्तीलाई छेक्ने कि संरक्षण गर्ने भन्ने विषयमा घनिभूत छलफल भएको छ ।

हिजो दिउँसो धुलाबारीमा सांसद सचिवालय झापा निर्वाचन क्षेत्र नं. १ का संघिय सांसद विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको सर्वदलिय वैठकले हात्तीको क्षेत्रमा काम गर्ने संघ–संस्था, सबै राजनीतिक दल र सरकारी निकायसँग छलफल गरिएको हो ।

छलफलमा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले हात्तीलाई छेकेर, कुटेर भन्दा पनि मैत्रीपूर्ण व्यवहार गरेर अघि बढ्नु पर्ने बताए ।

–भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, बुद्वशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले पनि हात्तीलाई छेक्ने र रोक्न के गर्न सकिन्छ त्यसका लागि सबै मिलेर जानु पर्ने बताएका छन् ।

–मेचीनगरका पूर्व मेयर विमल आचार्यले यो विषयमा सरकारको नीतिमा समस्या छ, नौटंङ्की मात्र भएको बताए । उनका अनुसार मेची खोलामा भएको तटबन्धलाई पुरा गर्नु पर्छ ।

–अग्रज पत्रकार चन्द्र भण्डारीले हात्ती नेपालको र भारतको नहुँने बताए । उनीहरुले पनि नेपाली अंगिकृत नागरिकता पाइसकेको बताए । उनले समस्या समाधानका लागि माथि दवाव दिनु पर्ने बताए ।

–जसपाका कोशी प्रदेश सदस्य केवलराम राईले यस विषयमा अहिलेको जस्तो मजवुत सरकारले काम गर्न नसके अब आउने कुनै दलको सरकारले काम गर्न नसक्ने दावी गरे ।

–नेकपा एकिकृत समाजवादी मेचीनगर अध्यक्ष हरिप्रसाद तिम्सिनाले हात्तीलाई रोक्न नसकिने बताए । उनका अनुसार सीमामा तारबार लगाउनु ठिकै हो । तर, त्यसको राज्यले निगरानी गर्नुपर्छ ।

–नेकपा माओवादी केन्द्रका नेता प्रकाश भण्डारीले हात्तीलाई छेक्न र थुन्न नसक्ने बताए । उनले हात्तीसँग पिरती र हातेमालो गरे मात्र मानव र हात्तीबीचको द्वोन्द्व कम हुने बताए ।

–पत्रकार मोहन काजीले सरकार बदलिने वित्तिकै नीति फरक–फरक हुने कारणले समस्या आउने बताए । उनका अनुसार अहिले प्रविधिको युग रहेकोले झापामा जति हात्ती छन् । उनीहरुलाई रेडियो कलर लाउन माग गरे ।

छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोमा भट्टराई, महासमिति सदस्य राम कट्टेल, मणि उप्रेती, महाधिवेशन प्रतिनिधि खड्गबहादुर धिमाल, क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकी, सांसद सचिवालयका सदस्य पुष्पराज पौडेल, नेकपा एमाले का क्षेत्रिय सचिव राजु पोखरेल, नगर अध्यक्ष राजु कार्की, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष राजन चिमरिया, बुद्वशान्ति–४ का वडाध्यक्ष शेरबहादुर रायाँ, मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, नेपाल रेडक्रस झापाका सभापति लोकराज ढकाल, प्रकृति संरक्षण समाजका अध्यक्ष सागर कार्की, पूर्व अध्यक्ष हरिप्रसाद उप्रेती, आरआरटी टिमका संयोजक न्युटन कार्की, सागर शिवाकोटी, आदिवासी जनजातिका नगर अध्यक्ष रामबहादुर तामाङ लगायतले हात्तीको दीर्घकालिन समाधानका उपायाँहरु खोजेर अघि बढ्न सुझाव दिएका थिए ।

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद शर्माले सर्वदलिय वैठकको सुझावहरुलाई संघ, प्रदेश र स्थानीयको साझा संकल्प बनाएर सम्बन्धीत निकायको ध्यानाकर्षण गर्ने बताए ।

आज संघिय सरकार, कोशी प्रदेश सरकारका मन्त्रीहरु, सचिव र महाप्रबन्धकहरुको झापामा हात्तीका समस्या र समाधान र अन्य विषयमा फिल्ड भ्रमणको कार्यक्रम रहेको उनले बताए ।

पछिल्लो समाचार

झापामा भर्खरै भुकम्पको महसुस

अघिल्लो समाचार

हात्तीको कार्यविधि बनाएर आगामी बजेटमा राख्छौँ : मन्त्री शाही

Related Posts

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार
झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी
banner -2

झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी

कार्तिक २३, २०८२, १२:४३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.