१८ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, २:१६ .आइतवार
0
0
0
SHARES
202
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ असार । काँकरभिट्टा खानेपानी कार्यालय अब डिजिटल स्मार्ट खानेपानीको रुपमा विकास हुँदै गइरहेको छ ।

उपभोक्ताहरुलाई छिटो छरितो सेवा दिनका लागि काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आजबाट मोवाइल एप्स, वेब साइट र जीआईएस प्रविधि सुरु गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले भौगोलिक सूचना प्रणाली, मोवाइल एप्स र वेब साइटको उद्घाटन गरेर शुभारम्भ गरेका हुन् ।

प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले काँकरभिट्टा खानेपानी नमूनाकै रुपमाअघि बढिरहेकोले अब डिजिटल प्रविधिको विकासको विकल्प नभएको बताए । सजिलो र सहज भएकाले यसलाई सबैले सदुपयोग गर्न उनले आग्रह गरेका छन् । मेचीनगरलाई पनि ९० प्रतिशत पूर्णरुपमा प्रविधिमैत्री बनाउने गरिको तयारी गरिएको उनको भनाई छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहतकुमार बुढाथोकीले अध्यक्षतासहित कुन घरमा धारा कहाँ छ, कस्तो अवस्थामा छ, पाइप घरसम्म कसरी पुगेको छ, ट्याङ्की अवस्था के छ, संस्थाको स्थापनादेखिको इतिहास, दस्तावेज लगायतका बारेमा मोवाइलबाटै हेर्न, बुझ्न सकिने बताए ।

संस्थालाई प्रविधिमैत्री बनाउदै लैजाने योजना बमोजिम आफ्ना पाइपलाइनहरुको डिजिटल म्यापिङसहित सम्पतिको व्यवस्थापनका लागि जीआईएस, मोवाइल एप्स र वेबसाइट सुरु गरिएको उनले बताए ।

संस्थाले जीआईएस, मोवाइल एप्स र वेबसाइट बनाउन चार महिनाअघि दियालो टेक्नोलोजी प्रालिले जिम्मा दिएको थियो ।

कार्यक्रममा दियालो टेक्नोलोजी प्रालिका बजार प्रमुख रोशन गौतमले संस्थालाई खानेपानी उत्पादन र वितरणलाई अटोमेशन सिस्टमबाट लैजान सहज होस् भनेर सम्पति व्यवस्थापन सफ्टवेयर, वेब साइट र स्मार्ट फोनको प्रयोग गरिएको जानकारी दिए ।

उपभोक्ताहरुले आफ्ना समस्या, कम्पेलन र डेटा हेर्नका लागि घरैमा बसेर मोवाइलबाट सुविधा लिन सकिने गौतमले बताए । उनका अनुसार रिडिङ, तालिका, स्वचालित रिडिङ, खपत युनिट, आफ्नो स्टेटमेन्ट, संस्थाको दस्तावेज लगायत एपमार्फत हेर्न सकिने छ ।

यो प्रविधिले तीनसय ६५ किलोमिटर आसपास सम्मका संस्थाका ८ हजार ४ सय उपभोक्ताहरुको डेटा संकलन गरिएको छ । मोवाइल एपको कार्यान्वनपछि खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा थप योगदान पुग्ने अपेक्षा उपभोक्ताहरुको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

अघिल्लो समाचार

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.