८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

४९ धारामा धार्मिक महोत्सव

धार्मिक–पर्यटकीय स्थलको विकासका लागि प्रोजेक्ट आवश्यक : नगरप्रमुख बुढाथोकी

साउन १३, २०८२, ४:४९ .मङ्लबार
0
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ साउन । आज नाग पञ्चमी । नाग पञ्चमीका अवसरमा मेचीनगर–१, देवीगंज स्थित मनसा नाग देवी ४९ धारा ऐतिहासिक पर्यटकीय धार्मिक तिर्थ स्थल हिले सिमसार क्षेत्रमा आइतबारदेखि नाग पञ्चमी विशेष त्रिदिवशिय धार्मिक तथा सांस्कृतिक महोत्सव भइरहेको छ । आज महोत्सव समापन हुँदैछ ।

४९ धारा मनसादेवी हिले सिमसार धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष महेन्द्र मल्लका अनुसार पहिलो दिन साकेला नृत्य विभिन्न जातजातिका झाँकी, लाखेनाँच, च्याबु्रङ्नाच, भजन किर्तन, सांगीतिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

साउन १२ गते सोमबार पूजाअर्चना, विद्यालय स्तरीय कार्यक्रम, ख्याती प्राप्त र स्थानीय बाल कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो ।

आज नाग पञ्चमीको अवसरमा नाग पञ्चमीको पूजा अर्चना, काल सर्प योग निवारणका लागि होमादी, भजन किर्तन गरिने उनको जानकारी दिए ।

दोस्रो दिनको कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले धार्मिक तथा पर्यटकीय स्थलको विकासका लागि प्रोजेक्ट बनाएर लाग्नु पर्ने बताएका छन् ।

‘धार्मिक संरक्षणका लागि सबैको सहिष्णुता छ’, नगरप्रमुख बुढाथोकीले भने–‘बहुधार्मिक, बहुजाति र बहुभाषिक भएको देशमा यस्ता पवित्रस्थलहरुले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके विश्वका नागरिकहरु आउने वातावरण बन्छ । एउटा भूगोलमा एउटा धार्मिक पर्यटन केन्द्र बनाउनु पर्छ ।’ उनले मेचीनगरमा केहि भएको छैन भन्नेहरुले वडा नम्बर १ र ४ का केहि क्षेत्र मात्रै हेरेपनि पुग्ने बताए ।

कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले पर्यटन प्रर्वद्धनका लागि धार्मिक तथा सिमसार क्षेत्रको दिगो विकासमा पर्यापर्यटनलाई जोड्न सकिने बताए । कार्यक्रममा मेचीनगर–४ नम्बर वडाका वडाध्यक्ष अर्जुनकुमार कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्यमा वडा नम्बर १ का पूर्व वडा अध्यक्ष ४९ धारा मनसादेवी हिले सिमसार धार्मिक तथा पर्यटकीय स्थल संरक्षणका प्रस्तावक पासाङ तामाङले साविकको वडा नम्बर ७, ८ र ९ नम्बरलाई समेटेर बनिएको वडा नम्बर १ मा धार्मिक तथा पर्यटन विकासको प्रचुर सम्भावना बोकेको क्षेत्र रहेको बताए ।

‘सुरुमा ४५ धाराको कल्पना गरिएको थियो’, समितिका सल्लाहकार तामाङले भने–‘पछि ४९ धारा बनाइयो । यसलाई पछि फेरि ५५ धारा बनाउने सोच छ ।’

कृष्णथुम्की धार्मिक तथा ऐतिहासिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष समेत रहिसकेका अध्यक्ष मल्लका अनुसार यहाँ मच्छ्य देवताको वासस्थान छ । ६३ सालतिर अनौठो खालको माछा भेटिएको थियो । माछा भेटिएको कुवा छ । माछा स्थानीयले समातेर घर लगे तर अनौठो प्रकृतिको भएकोले कसैले खाने आँट गरेनन् ।

जसले समातेर लग्यो उसको परिवारमा सानो नानी विरामी परे । त्यसपछि धामी बिजुवालाई देखाउँदा कुवाबाट ल्याएको उक्त बस्तु तत्काल सोही कुवामा फर्काएर दुध चडाए धुप बात्ती गरे ठिक हुने बिजुवाले बताएसँगै सोही अनुसार माछा कुवामै लगेर छोडिएको थियो ।

पूजा आजा गरेर दुध चढाएपछि सानो नानी पूर्ण रुपमा ठिक भएका थिए । सो घट्नापछि सो क्षेत्रमा धार्मिक आस्था र विश्वास बढेको मल्लको भनाई छ ।

स्थानीय समाजसेवी डिकेन्द्र थापाले १ कठ्ठा, चन्द्र थापाले १ कठ्ठा र गोविन्द राईका परिवारले १ कठ्ठा गरी जम्मा तीन कठ्ठा जग्गा दिएपछि धार्मिक तथा पर्यटन क्षेत्रको स्थापना गरिएको छ ।

कार्यक्रममा जग्गादाता, कलाकार, धार्मिक क्षेत्रमा सहयोग पुर्याउने र योगदान दिने एकदर्जन बढीलाई सम्मान गरिएको थियो ।
धार्मिक महोत्सवको सहजीकरण जग्गा दाता, पूर्व वडा सदस्य एवम् समितिका सल्लाहकार सचिव डिकेन्द्र थापाले गरिरहेका छन् ।

 

पछिल्लो समाचार

अपाङ्गता भएका २०५ जनालाई सहायक सामग्री

अघिल्लो समाचार

ज्यामिरगढीमा झोलुङ्गे पुल बन्यो, भुक्तानी गर्न नगरपालिकालाई सकस

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.