८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

अपाङ्गता भएका २०५ जनालाई सहायक सामग्री

साउन १२, २०८२, २:४८ .सोमवार
0
0
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ साउन । वडा नम्बर १ का भूमिका गुरागाईले छोरा जन्मिएदेखि हातखुट्टा नचल्ने, बोल्न नसक्ने भएकाले सत्र वर्षदेखि ओछ्यानमा नै खुवाइदिनु पर्छ, ओछ्यानमा दिशापिसाव गर्छ । काहिँ लादा बोक्नु पथ्र्यो । आज मेचीनगरले सीपी ह्वीलचियर दिएपछि धेरै राहत महसुस भएको बताएका छन् ।

१७ वर्षीय छोरा राहुल गुरागाई जन्मजात अपांगता भएको कारण ओछ्यानमा नै दिशापिसाव गर्छ । हातखुट्टा चल्दैन । हिड्डुल गर्न सक्दैनन् । बोल्न सक्दैनन् । अहिलेसम्म घरपरिवारले रेखदेख र स्यारसुसार गरिरहेको उनका बुबा भूमिकाले बताए ।

‘१७ वर्षदेखि छोरा राहुललाई बोकिरहेको छु’, बुबा भूमिकाले गुरागाईले भने–‘सोमबार नगरपालिकाले समातेर हिड्न सक्ने सामग्री दिएपछि मैलै ठुलो सास फेरेको महसुस गरेको छु । छोरालाई यति भएपछि परिवारलाई केहि राहत भयो । घरमा एक्लै छाडेर हिड्न पनि गारो । अब भारी बोक्नु परेन । सँगै हिडाउन सजिलो भएको छ ।’

यी त एउटा प्रतिनिधि पात्र मात्र भए । उनी जस्ता २०५ जना अपांगता भएका व्यक्तिहरुले आज विभिन आवश्कता पर्ने सहायक सामग्री पाएका छन् । अपांगता भएका व्यक्तिहरुसँगै आएका उनीहरुका परिवार खुशी देखिन्थे । नगरपालिकाले नागरिकको अभिभावक भएको भूमिका पूरा गरेकोमा वडा नम्बर १ का गुरागाईले प्रशंसा गरेका थिए ।

अपाङ्गगता भएका व्यक्तिहरुलाई सहायक सामग्रीका रुपमा २८ पिस एक्जुलरी क्रचेज (बैशाखी), ५० वटा वाकिङ स्टिक, २० वटा वाकिङ फ्रेम, १८ वटा ह्वीलचियर, ४ वटा सीपी ह्वीलचियर, १५ वटा टोइलेट चियर, २५ वटा वाइट केन, २५ वटा हियरिङ ऐड (कानको मेसिन), १० वटा एयर मेटरेस एउटा एलएस बेल्ट, ८ वटा एल स्टिक र एउटा ट्रिपड स्टिक वितरण गरिएको करुणा फाउण्डेशन नेपालका मेचीनगर संयोजक पदम बराइलीले जानकारी दिए ।

एउटा सीपी ह्वीलचियरको एक लाख ५ हजार पर्ने बताइएको छ । बीस लाख ४२ हजार रुपैयाँ बराबरको उक्त सहायक सामग्रीहरु वितरण गरिएको उनको भनाई छ ।

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, मेचीनगर नगरपालिका र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको सभाहलमा महिला, बालबालिका तथा समाज कल्याण शाखाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले राहुल गुरागाईलाई सीपी ह्वीलचियर दिएर उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले यस्ता सहायक साम्रगीले अपाङ्गता भएका व्यक्तिहरुका लागि जीवनयापन सरल बन्ने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती लगायतलको उपस्थिति रहेको थियो ।

उपप्रमुख उप्रेतीको अध्यक्षतामा सम्पन्न सहायक सामग्री वितरण कार्यक्रमको सहजीकरण महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।

पछिल्लो समाचार

अग्रज पत्रकार दाहालका तीता–मीठा अनुभव

अघिल्लो समाचार

धार्मिक–पर्यटकीय स्थलको विकासका लागि प्रोजेक्ट आवश्यक : नगरप्रमुख बुढाथोकी

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.