२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

´अग्रजलाई सुनाैँ`

अग्रज पत्रकार दाहालका तीता–मीठा अनुभव

साउन ११, २०८२, २:३४ .आइतवार
0
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ११ साउन । बत्तिस सालदेखि पत्रकारिता सुरु गरेका झापाका अग्रज पत्रकार गंजबहादुर दाहालले आफ्ना जीवनमा भोगेका तीता–मीठा अनुभव सुनाए ।

आज प्रेस चौतारी नेपाल झापा शाखाले बिर्तामोड कार्यालयमा आयोजना गरेको ‘अग्रजलाई सुनौँ’ कार्यक्रमका आकषर्क व्यक्तित्व दाहालले स्क्रिनप्रिन्टबाट अक्षरहरु जोडाएर पत्रिका निकालेदेखि सेनाको धम्कीसम्मका विषयलाई स–विस्तार सुनाएका थिए ।

व्यवसायिक पत्रकारिताका एक असल अनुभवी दमकका ७० वर्षीय अग्रज दाहालले २०३२ सालमा एसएलसी पास गरेर सूर्योदय साप्ताहिक पत्रिकाबाट पत्रकारिताको यात्रा सुरु गरेको स्मरण गराएका थिए ।

उक्त पत्रिका भद्रपुर स्थित संगम चोकबाट प्रकाशित हुन्थ्यो । पत्रिकाको व्यवस्थापकबाट संक्षेपीकरण गर्दै तीन वर्षपछि सम्पादक भए । पत्रकारितामा छिरेको पत्तै भएन । त्यसपछि पत्रकारिताबाट बाहिर निस्कन सकिन । विवेचना, सिदार्थ, आलोक लगायतका साप्ताहिक पत्रिकामा निरन्तर काम गरेपछि ०३५ सालमा आफ्नै जनज्योति साप्ताहिक पत्रिका निकाल्न थाले ।

त्यसबेला अहिलेको जस्तो प्रविधिमैत्री थिएन । दुःखले पत्रिका निकाल्नु पथ्र्यो । उदाहरणका लागि नेपाली शव्द टाइप गर्न ने, पा, ली शव्द खोजेर जोड्नु पथ्र्यो । एक पटक ‘ङ’ शव्द खोजेर जोड्नु पर्ने थियो । ‘ङ’ शव्द नभेटेर मुस्किलले काम चलाएको अवस्थामा रहेको तीतो अनुभव स्मरण गराएका थिए ।

गोरखापत्रमा समेत काम गरेका उनले पत्रिका भर्न रासस र रेडियो नेपालको सहयोग लिनु परेको थियो । दुखःसुख गरेर निकालिरहेको थिए । २०६२÷०६३ सालमा पूर्वसन्देश दैनिक पत्रिका सुरु गरे । पञ्चायती व्यवस्था, राजाको साहीकालमा नेपाली सेनाले तपाईले माओवादीलाई सहयोग गरेको हो भन्दै पत्रिका कार्यालयमा बम पड्काईदिने सम्मको धम्की खेप्नु परेको उनले तीतो अनुभव सुनाए ।

उनको विगतको एउटा रोचक घटना पनि छ । त्यतिखेर विद्युत १८ घण्टा बढीसम्म जाने गथ्र्यो । पत्रिका निकाल्न लाइन नभएपछि विद्युत अफिसमा नै गएर पत्रिका निकालेर छापेको स्मरण गराए ।

उनका अनुसार पत्रिकामा सत्यतथ्य समाचार निकाले बजार घट्दैन । सत्य कुरा ननिकालेर चाकडीमा लाग्यो भने व्यवसायिक पत्रकारिता गर्न नसकिने उनको जोड थियो ।

पत्रिका बेचेरै परिवार सुखसँग पालेको उनको भनाई छ । अहिले अनलाइन लगायतका प्रविधिले पत्रिका सुस्ताएको छ । मेनपावर कम छन् । बजार छैन् । तर, पत्रिका चलाउन छाडेका पनि छैन् ।

कक्षा–१ देखि १० सम्म नै स्कुलमा फष्ट रहेका तृष्ण बुद्वि भएका दाहालले डिग्री सकेपछि केहि समय शिक्षक पेशा पनि गरेका थिए ।
पत्रकारहरुले राखेका जिज्ञासाहरुको अग्रज दाहालले दिएको जवाफ अहिलेका पुस्ताले शिरोधार्य गरेर अघि बढ्न मद्दत पुग्नेछ ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका सहइन्चार्ज गोपाल काफ्लेले ५० वर्षदेखि पत्रकारिता गरेका अग्रज दाहालले ३० वर्षदेखि पत्रकारिता गरेका हामी र अहिले २० वर्षको उमेरमा पत्रकारिता गर्दै गरेका युवा पत्रकारहरुलाई सुनाइएको आफ्ना अनुभव इतिहास हुने बताए ।

उनले ‘अग्रजलाई सुनौँ’ कार्यक्रमले अहिलेका पुस्तालाई प्रेरणा र सार्थक हुने दावी गरेका थिए । ‘अग्रजलाई सुनौँ’ कार्यक्रम यो दोस्रो सेसन हो । यसअघि गत बैशाख १० गते अग्रज पत्रकार शिरो सान्दाईको कुरा सुनेका थियौँ । यो अभियान निरन्तर चलिरहने झापा चौतारीको भनाई छ ।

प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष राजु पोखरेलले र सहजीकरण सहसचिव तीलक योञ्जनले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरमा २ जनामा जापानीज इन्सेफलाइटिस पुष्टि, थाल्यो तयारी

अघिल्लो समाचार

अपाङ्गता भएका २०५ जनालाई सहायक सामग्री

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.