२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

मेचीनगरमा २ जनामा जापानीज इन्सेफलाइटिस पुष्टि, थाल्यो तयारी

साउन ११, २०८२, १२:४२ .आइतवार
0
0
0
SHARES
251
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ साउन । मेचीनगरमा दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ ।

नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर–३ र ५ नम्बर वडाका एक÷एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् ।

मेचीनगर–३ का ३६ वर्षीया र वडा नम्बर ५ की ५५ वर्षीया महिलामा उक्त सङ्क्रमण भएको छ । वडा नम्बर ३ का महिलालाई जुलाई १ तारिख र अर्की महिलालाई १४ जुलाईमा उक्त संक्रमण भएको थियो । उनीहरुलाई बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गरिएको थियो ।

स्वास्थ्य शाखाका अनुसार वडा नम्बर ३ कि महिला उपचारपछि घर फर्किएकी छन् भने अर्की महिलाको उपचार भइरहेको छ । उनको अवस्था अहिले सामान्य हुँदै गएको छ ।

आज नगरपालिकामा स्वास्थ्य शाखाको वैठकमा डब्ल्यूएचओकी काठमाडौँ प्रतिनिधिहरू डा.सोनिया भगत, डा. संगीता साहले उक्त रोगको संक्रमण पुष्टि भएको बताएकी थिइन् ।

डा.भगत, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी, डा. साहले यसको लक्षण र बच्ने उपायका बारेमा समुदायमा सचेतना गर्नु पर्ने आवश्यक रहेको बताएका थिए ।

छलफलमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले यो रोगको संक्रमण हुन नदिन स्वाथ्यकर्मीहरुलाई घर–घरमा पुगेर जनतालाई सचेतना र संक्रमणको लक्षण देखा परे समयमा नै स्वास्थ्य केन्द्र र नगर अस्पतालमा उपचार गराउन अनुरोध गरेका थिए ।

संक्रमणको अवस्था जटिल बने डाक्टरहरुको सल्लाहमा प्रादेशिक अस्पताल भद्रपुरमा व्यवस्था मिलाउन समन्वय गरिने उनीहरुको भनाई छ ।

छलफलमा ३ नम्बर वडाका वडाध्यक्ष हर्कबहादुर वस्नेत, वडा नम्बर ५ का वडाध्यक्ष कनकबहादुर कार्की, पशु शाखा, कृषि शाखा लगायतका स्वास्थ्यकर्मीहरुले संक्रमणबाट बच्न, रोकथाम गर्न तीन तहको सरकारको ध्यानाकर्षण हुनु पर्ने बताएका थिए ।

गत वर्ष उक्त रोगबाट मेचीनगर–७ का एक जनाको ज्यान गएको थियो । यसअघि यही रोगका कारण नेपालमा करिव २५ जनाको ज्यान गएको थियो ।

जापानीज इन्सेफलाइटिस के हो ?

जापानीज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो रोग लामखुट्टेको तोकाइबाट सर्ने गर्दछ । जापानीज इन्सेफलाइटिस जनवारलाई टोकेर मानिसलाई टोकेमा सर्ने भाइरसजन्य रोग हो । यो रोग मानिसको स्नायुमा असर पुर्याइ अंगभंग बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने गरेको छ ।

यो रोग सबै उमेर समूहका मानिसलाई संक्रमण हुने भएपनि १५ वर्ष मुनिका बालबालिका जोखिममा हुने गर्छन् । जापानीज इन्सेफलाइटिस सर्ने भाइरसबाट संक्रमित जनावर (हाँस, कुखुरा, सँगुर, बँगुर, घरपालुवा चरा, बकुल्ला )लाई लामखुट्टेले टोकेर सो लामखुट्टे संक्रमित हुन्छ । त्यस लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्छ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

लक्षण कस्तो हुन्छ ?

बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोस हुने, घाँटीमा गाह्रो हुने, कमपन हुने, पक्षघात हुने यो रोगको प्रमुख लक्षण रहेको छ । यदि यो रोगको समयमा उपचार नभए बिरामीको मृत्यु समेत हुन सक्ने छ । यो रोग लागेको तीन दिनमा उपचार पाएमा निको हुने तर ढिलो भएमा अवस्था गम्भीर हुने छ । यो रोग लागे १० दिनदेखि १४ दिनसम्म अस्पताल बस्नु पर्नेछ ।

रोगबाट कसरी बच्ने ?

जापानीज इन्सेफलाइटिसबाट जोगिने लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय रहेको छ । यो रोगबाट बच्न शारिर ढाक्ने कपडा लगाउने, झुलभित्र सुत्नु पर्छ ।

हाँस, कुखुरा, सँगुर, बँगुर, घरपालुवा चरा, बकुल्ला जस्ता जनावरहरुलाई व्यवस्थित तरिकाले घरदेखि टाढा खोरामा पाल्ने । बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएका कपडा लगाउनु पर्ने छ ।

यो रोगबाट बच्नका लागि बालबालिकालाई १२ महिनामा जेई खोप लगाउनु पर्छ । यदि यो खोप लिन छुटेको छ भने ५ वर्षको उमेरमा पनि जेई खोप लगाउन सकिनेछ ।

 

पछिल्लो समाचार

मुख्यमन्त्री कार्कीद्धारा पूजा सामग्री उद्योगको निरीक्षण

अघिल्लो समाचार

अग्रज पत्रकार दाहालका तीता–मीठा अनुभव

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.