३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ज्यामिरगढीमा झोलुङ्गे पुल बन्यो, भुक्तानी गर्न नगरपालिकालाई सकस

साउन १३, २०८२, १२:२५ .मङ्लबार
0
0
0
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ साउन । ज्यामिरगढीको बहुचर्चित ‘झोलुङ्गे पुल’ को निर्माण कार्य सम्पन्न भएको छ । तर, ठेकेदारलाई भुक्तानी गर्न नगरपालिकालाई सकस भएको छ ।

मेचीनगर–१५ स्थित ज्यामिरगढी क्षेत्रको ‘झोलुङ्गे पुल’ २०७९ असारमा निर्माण कार्य सुरु भएको थियो । निर्माण कार्य स्थगित हुँदै सुरु गरिएको पुल अहिले तयारी अवस्थामा छ । पुलको प्राविधिक बाहेक सबै काम सकिएको छ । अब ‘झोलुङ्गे पुल’ उद्घाटनको नजिकमा छ ।

साविकको ज्यामिरगढी गाविस हाल मेचीनगर–७ र १५ नम्बर वडाभित्र पर्दछ । जसको मध्येभागमा निन्दा खोला छ । वडा नम्बर १५ को भूगोल क्षेत्र साविक गाविसको ठुलो भाग समेटिएको छ ।

निन्दा खोला वारी–पारी गर्न कुनै पुल थिएन । विगतमा चौधरी चौक पूर्व निन्दा खोलामा मोटरेवल पुल बनाउन सर्वे भएर पनि योजनामा समावेश हुन सकेको थिएन । पुल बनिएपछि हाल वडा नम्बर १५ को बिचार्नी बजार र हेल्दुबारी गाउँलाई जोड्न पनि सहज भएको छ ।

‘झोलुङ्गे पुल’ का लागि नगरपालिका र सांसदहरुले संयुक्त प्रयास गरेसँगै योजनामा समावेश भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा समावेश भएको योजना ०७८ माघमा ठेक्का आह्वान गरिएको थियो । निवर्तमान नगरप्रमुख विमल आचार्यको कार्याकालमा बजेटको स्रोत सुनिश्चित नगरी ठेक्का आह्वान गरिएको थियो ।

२०७९ बैशाख ३० गते दोस्रो कार्यकालका लागि स्थानीय तहको चुनाव भयो । चुनावमा निर्वाचित भएपछि नगरप्रमुखको पदभार गोपालचन्द्र बुढाथोकीले २०७९ जेठ १२ गते समालेका थिए । नगरप्रमुख बुढाथोकी आएपछि झोलुङ्गे पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी निर्माण सेवा प्रालि काठमाडौँबीच २०७९ असार ३० गते सम्झौता भएको थियो ।

२०८१ पुस २७ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने थियो । तर, बजेट अभाव भएपछि फेरि म्याद थप गरेर २०८२ पुस २७ गते सम्मलाई ठेक्का सम्झौता थप गरिएको थियो ।

क्रमागत रुपमा संघीय सरकारले बजेट पठाउँला भन्ने आशले तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का लगाइएको नगरपालिकाका इन्जिनियर जीवन भट्टराईले बताए । मेचीनगर नगरपालिकाले ठेक्का लगाएको पुलको संघीय सरकारबाट बजेट नआएपछि अधुरो रहेको थियो ।
नगरपालिकाले सुरुमा भुक्तानी गरेको बजेट बाहेक निर्माण व्यवसायी (ठेकेदार)ले नै आफ्नै रिक्समा पैसा हालेर अहिले पुल पूरा गरेको छ ।

थानी निर्माण सेवा प्रालिका प्राविधिक इन्जिनियर शेखर रायमाझीले चार करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बताए ।ठेकेदारलाई सुरुमा नगरपालिकाबाट ७४ लाख रुपैयाँ भुक्तानी भएको थियो । नगरपालिकाले अहिलेसम्म सशर्त अनुदान शिर्षक अन्तरगत एक करोड १० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।

रायमाझीले भने–‘पैसा आउँछ, आउँदैन थाहा छैन । तर, पुलको काम सकेका छौँ । नगरपालिकालाई भुक्तानीका लागि निवेदन दिएका छौँ । ताकेता गरिरहेका पनि छौँ ।’ उनका अनुसार प्रालिले यसवर्ष (२०८१÷८२) मा पाँच वटा ठेक्कामा यो पुलको ठेक्का पनि सम्पन्न गरिसक्नु पर्ने बाध्यता थियो । त्यसैले पनि जोखिम मोलेर काम सकेको हो ।

ठेकेदारको लगानी भएको पैसाको बजेट सुनिश्चिताका लागि पनि नगरपालिकाले प्राविधिक रुपमा प्रक्रिया पूरा गरिदिएको इन्जिनियर भट्टराईले जानकारी दिए ।

‘नगरपालिकाले ठेक्का लगाएकोले बाँकी रकम भुक्तानी गर्नु पर्ने दायित्व छ’, नगरप्रमुख बुढाथोकीले भने–‘ठेकेदारले भुक्तानीका लागि निवेदन पेश गरेको छ । यो आर्थिक वर्षमा शहरी विकास मन्त्रालयले विनियोजित गरेको भनिएको रकम उक्त मन्त्रालय मातहत स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीले भुक्तानी गर्न नसक्ने भनेको छ ।’

पुल निर्माणमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीको प्राविधिक सहयोग मात्र रहेको छ । आधुनिक शैलीको उक्त पुलको लम्बाई ३५० मिटर, मल्टिस्पाम एनटाइप, ब्याकस्टेड सन्सपेन्सन र एक दशमलव ५ मिटर वकुवे चौडाईको रहेको छ ।

नगरपालिका मार्फत ठेक्का लगाइएको उक्त पुलको शिलान्यास चुनावमा निर्वाचित हुने वित्तिकै प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा र कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले २०७९ मंसीर १० गते गरेका थिए । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले केहि दिनअघि पनि झोलुङ्गे पुलमा लठ्ठा तानेर श्रमदान गरेका थिए ।

‘नगरपालिकाले ठेक्का लगाएपछि बजेट सुनिश्चिताका लागि संघीय सरकारलाई धेरै पटक घँचघचाँए’, नगरप्रमुख बुढाथोकीले भने–‘सम्बन्धीत मन्त्रालयमा पत्राचार गरियो । बजेट ल्याउन कोशिस पनि गरियो । बजेट नआएकै कारण पुल निर्माणमा ढिलासुस्ती भयो । ठेकेदारले रिक्समा बाँकी पैसा हालेर काम सम्पन्न गरेको छ । भर्खरै पनि काठमाडौँ गएर सम्बन्धीत मन्त्रालयका अधिकारीहरुसँग उक्त पुलका लागि बजेट माग गरेका छौँ ।’

एक वर्षअघि ज्यामिरगढीका स्थानीय युवाहरुले ठेकेदारले पुलको निर्माण कार्य अधुरो पारेर छाडेको भन्दै विरोध गरेका थिए । उनीहरुले ज्यामिरगढीमा सांसद् शर्मा र मेयर बुढाथोकी हराएको सूचना व्यानर र पम्लेट बनाएर विरोध स्वरुप व्यापक प्रचार प्रसार गरेका थिए ।

पछिल्लो समाचार

धार्मिक–पर्यटकीय स्थलको विकासका लागि प्रोजेक्ट आवश्यक : नगरप्रमुख बुढाथोकी

अघिल्लो समाचार

भूतपूर्व विद्यार्थी डा.फ्याकद्वारा विद्यालयको अक्षयकोषमा सहयोग

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.