
मेचीनगर, २१ कात्तिक । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले जेनजी आन्दोलनपछि समाज त्रसीत अवस्थामा रहेको बताएका छन् ।
शुक्रबार मेचीनगर–७ स्थित ईटाभट्टाबाट प्रकासित हुने बोर्डरल्याण्ड दैनिक पत्रिकाको पहिलो बार्षिक उत्सवको उदघाटन् गर्दै नगरप्रमुख बुढाथोकीले यस्तो कुरा बताएका हुन् ।
आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको पत्रिकाको बार्षिकोत्सव धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख बुढाथोकीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जे जे भए पनि त्यस घटनाबाट समाज त्रासको अवस्थाबाट ग्रुजिरहेको बताए ।
पत्रिकालाई शुभकामना दिँदै बुढाथोकीले प्रविधिको जमानामा छापा पत्रिका टिक्न चुनौतिपूर्ण रहेकोले सबै मिलेर टिकाउने पक्षमा लाग्नु पर्नेमा जोड दिए ।
‘राज्य सबैको हो’, बुढाथोकीले भने–‘गलत गरे सुझाव दिन र राम्रो काम गरेको छ भने प्रोत्हसान गर्नु पर्छ । खवरदारी गर्नुपर्छ तर, खाली नकारात्मक कुरालाई जोड दिने काम मात्र नगर्न पत्रकारलाई आग्रह छ ।’
उनका अनुसार काठमाडौँ र धरानको भूगोल भन्दा मेचीनगरको भूगोल धेरै फरक छ । बाजेट दुरुपयोग नहुने गरी काम गरिरहेका छौँ । मिडिया मैत्री हुन नसके पनि कसैसँग वैरभाव पनि नगरेको स्पष्ट पार्न चाहान्छु ।
मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओली, जनता समाजवादी पार्टीका नगर अध्यक्ष धनबहादुर राईले पत्रकार व्यवसायिक बन्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, पत्रकारहरु ज्ञानेन्द्र निरौला, राजेन्द्र गौतम, पर्वत पोर्तेलले पत्रकारहरुले लिक नछाडी व्यवसायिक बनेर सत्ता पक्षलाई खवरदारी गरिरहनु पर्ने बताएका छन् ।
सोही अवसरमा बिर्तामोड क्षेत्रका उत्कृष्ट वितरक कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रमको स्वागत पत्रिकाका सञ्चालक कमल गौतमले र पत्रिकाको गतिविधि बारे प्रधान सम्पादक झुलन रेग्मीले प्रकाश पारेका थिए ।
बोर्डरल्याण्ड सञ्चार प्रकाशन समूह प्रालिका अध्यक्ष भीमबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सवको सञ्चालन सम्पादक प्रकाश उप्रेतीले गरेका थिए ।




Discussion about this post