काँकरभिट्टा, २२ कात्तिक । जेनजी आन्दोलनका क्रममा मेची भन्सार कार्यालयमा भएको ताेडफाेड, आगजनी र लुटपाटबाट साढे २६ कराेडकाे क्षति पुगेकाे छ ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पाैडेलले गत भदाै २४ गतेकाे जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले ताेडफाेड, आगजनी र लुटपाटबाट साढे २६ कराेड भन्दा बढीको क्षति पुगेकाे जानकारी दिए ।
उनका अनुसार ९ वटा गाडी, ११ वटा माेटरसाइकल, विद्युतीय सामग्री, फर्निचर र भवनमा आगलागी र महंगा माेवाइलहरू चाेरी भएको छ ।
हाल ध्वस्त भवनकाे सभा हलबाट कार्यालय सञ्चालन गरेर सेवा प्रदान गरिरहेकाे पाैडेलले बताए ।




Discussion about this post