२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

मछिन्द्रले उचाल्याे झापा गाेल्डकपकाे उपाधि

फाल्गुन ४, २०८२, १:०६ .सोमवार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

 

 

 

 

बिर्तामोड, ४ फागुन । मछिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ ।

अधिकांश झापाली खेलाडी सहभागी मछिन्द्रले पहिलोपटक झापा गोल्डकपको उपाधि जितेको हो ।

उपाधिसँगै मछिन्द्रले नगद १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । एपिएफले ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनु पर्याे ।

यो वर्षको नेपालकै सबैभन्दा बढी पुरस्कार राशि भएको प्रतियोगिता झापा गोल्डकप हो । खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका प्रदिप बुढाथोकी घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका पेमा तामाङ भए । उनले यामाहा कम्पनीको एकथान मोटरसाइकल पाए ।

बेष्ट गोलकिपर मछिन्द्रका विशाल श्रेष्ठ, बेष्ट कोच मछिन्द्रकै प्रवेश कटुवाल, हाई स्कोरर मछिन्द्रका जोनाथन जोरिल्ला भए । उनीहरुले जनही ३५ हजार रुपैयाँ र ट्रफी पाए ।

प्रतियोगितामा टिकट लिएर फुटबल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडकी प्रिती मोक्तानले यामाहा कम्पनीको एकथान स्कुटर पाइन् ।

खेलको ३१ औँ मिनेटमा मछिन्द्रले अग्रता लियो । मछिन्द्रका स्ट्राइकर प्रदिप बुढाथोकीले विदेशी खेलाडी अयोला हमजातको पासमा गोल गरेका थिए ।

विपक्षी पोष्टको बायाँ बार च्याप्दै गरेको उनको प्रहार गोल भएको थियो ।

एपिएफमाथि पहिलो हाफमा लगातार दबाब कायम राखेको मछिन्द्रले अर्काे गोल पहिलो हाफको ४५ औँ मिनेटमा लगायो । देवेन्द्र तामाङको लामो प्रहारलाई मछिन्द्रका फ्रयाङक अनोहले गोल गर्न सफल भएका थिए ।

खेलको ८३ औँ मिनेटमा मछिन्द्रले अर्काे गोल थप्यो । मछिन्द्रका अयोला हमजातको कर्नर प्रहारमा डिफेण्डर अलिसन अलिजोनोभले गोल गर्न सफल भए ।

पहिलो हाफमा २-० गोल अन्तरले पछाडि परेको एपिएफले दोस्रो हाफमा मछिन्द्रमाथि दबाब दिएको थियो । खेलको ८२ औँ मिनेटमा एपिएफले एक गोल फर्कायो ।

विश्वास उदासको फ्रिकिकलाई मछिन्द्रका डिफेण्डरले क्लियर गर्न नसकेको बललाई एपिएफका दिपेश धिमालले सुन्दर गोल गरे ।

खेलको ७६ औँ मिनेटमा एपिएफ १० जना खेलाडीमा सीमित भयो ।

डिफेण्डर मानबहादुर राना मगर दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि एपिएफले खेलमा दबाबको सामना गरेको थियो ।

यसैबीच, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य नरोत्तम गौतमलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

प्रतियोगितामा नेपालका तीन विभागीय क्लब नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, लालिगुराँस एशाेसिएशन नेपाल पोखरा, चर्च ब्वाइज युनाइटेड, आयोजकको टिम झापा-११ तथा भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको आरटिसी र मलेसियाको एन पेनाङ एफसीको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, किंग्सबेरी इन्टरटेन्मेन्टका जानु धिताल र जमुना धिताल, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक झापा गोल्डकपका अध्यक्ष केदार गिरी लगायतले पुरस्कार वितरण गरेका थिए ।

पछिल्लो समाचार

झापा–१ मा राप्रपाको चुनावी ‘संकल्प पत्र’ सार्वजनिक

अघिल्लो समाचार

झापा–५ मा ओलीको प्रतिवद्धता पत्र सार्वजनिक

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
box -1

जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

फाल्गुन २४, २०८२, ७:५२ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.