२ जेष्ठ २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

आर्मीलाई हराउँदै एपिएफले जित्यो चन्द्रगढी महिला गोल्डकपको उपाधि

बैशाख १४, २०८३, २:०८ .सोमवार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

झापा, १४ वैशाख । भद्रपुरमा आयोजित ओम साई पथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उपाधि विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले जितेको छ ।

अर्काे विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै सशस्त्रले उपाधि हात पारेको हो ।

उपाधिसँगै एपिएफले नगद ११ लाख, मेडल, ट्रफी तथा प्रमाणपत्र पाएको छ । आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । सशस्त्रलाई उपाधि दिलाउन एक मात्र गोल रश्मिकुमारी घिसिङले गरिन् ।

खेलको ७२ औँ मिनेटमा कप्तान अनिता बस्नेतले डिबक्समा मिलाइदिएको पासलाई अनमार्क रहेकी घिसिङले हेडमार्फत सुन्दर गोल गरिन् । खेलको अधिकांश समय बल पोजिसन राखेको एपिएफले निर्धारित ९० मिनेटमा गोल गर्ने थुप्रै अवसर बनाए पनि थप स्कोर भने निकाल्न सकेन । एपिएफका डिफेन्ससामु आर्मीका स्ट्राइकर चल्न नसक्दा उपविजेतामा सीमित रहेको छ ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी सरु लिम्बु भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिम एपिएफकी रेनुका नगरकोटी भइन् । उनले नगद एक लाख एक हजार रुपैयाँ पुरस्कार पाइन् ।

उत्कृष्ट गोलकिपर एपिएफकी अञ्जना राना मगर, डिफेन्डर गीता राना एपिएफ, मिडफिल्डर दिपा शाही आर्मी, उच्च गोलकर्ता रश्मिकुमारी घिसिङ एपिएफ, राइजिङ प्लेयर सबनम राई आयोजक चन्द्रगढी युथ क्लब भए । उनीहरुले जनही नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी फुबटल क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस फुटबल क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टस् क्लबको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेतालाई प्रतियोगिताका प्रमुख अतिथि मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दिपककुमार पोखरेल, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक चन्द्रगढी युथ क्लबका अध्यक्ष रोहित सुब्बा लगायतले पुरस्कार वितरण गरेका थिए ।

पछिल्लो समाचार

म्याद ग्रुजिएका फेण्टा, कोकोकोला, स्प्राइट बजारमा छ्याप छ्याप्ती

अघिल्लो समाचार

काँकरभिट्टाका व्यवसायी पाण्डेको घरबाट सुन, चाँदी र नगद चोरी

Related Posts

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन
banner

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन

बैशाख ३१, २०८३, २:४६ .बिहिबार
काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्
banner -2

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्

बैशाख ३०, २०८३, १:३१ .बुधबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

मेचीनगरमा एसईई :  सामुदायिक विद्यालयका २ जनाले ल्याए ४ जीपिए

बैशाख २९, २०८३, ९:१० .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

एसईई नतिजा :  ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

बैशाख २८, २०८३, ४:२५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.