९ कार्तिक २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विचार

ध्वाँसे चितुवाको महत्व

साउन २०, २०८१, ६:१८ .आइतवार
0
0
0
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

घरपालुवा विरालाहरुलाई धेरै जनाले देखेका छौँ । जिव शोधकर्ताहरुले हजारौं वर्ष पूर्वबाट जंगली विरालाका प्रजातीहरुबाटै क्रमशः घर पालुवा विरालाहरु छुट्टिएर आएको भनाई छ । हामीले पाल्ने सबै प्रकारका घरपालुवा विरालाहरुका पूर्वजहरु जंगली विराला नै हुन् । तीनका धेरैजसो पूर्वज हाल पनि जंगली रुपमै भेटिन्छन् ।

हाम्रो देश नेपालमै पनि भेटिने लगभग १.५ किलोग्राम तौल भएका सानो आकारको नेपाली नाम खिँयाले विरालो (रस्टी स्पॉटेड क्याट) देखि रूसमा भेटिने सुदूर पूर्वको ३०० केजी सम्मको तौल हुने विशाल साइबेरियन बाघ (साइवेरियन टाइगर)सम्म, संसारमा ४१ प्रजातीका जंगली बिरालाहरू भेटिएका छन् ।

जसमध्ये नेपालमा १३ प्रजातीका जंगली विरालाहरुको अभिलेख गरिएको छ । नेपालमा अभिलेख भएका १३ मध्ये आकार तथा कदकाठीका हिसावले पाटे बाघ, चितुवा तथा हिम चितुवापछि चौँथो क्रममा पर्दछ । मैले यस लेखमा उल्लेख गर्न लागेको ध्वाँसे चितुवा (क्लाउडेड लियोपार्ड) जसको वैज्ञानिक नाम नियोफेलिस् नेवोलुसा राखिएको छ ।

यो चितुवा ठूला विराला प्रजाती र साना विराला प्रजातीलाई जोड्ने कडीको रुपमा लिन सकिन्छ । यो चितुवा धेरै गुण विशेष तथा शिकारको कौशलको हिसावले अद्वितीय छ । नेपालका २७ प्रजातीका संरक्षित स्तनधारी वन्यजन्तुहरु मध्येमा एक अति महत्वपूर्ण वन्यजन्तु ध्वाँसे चितुवालाई मान्न सकिन्छ ।

यो जन्तु विशेष गरी दिनको समयमा वन क्षेत्रका रुखहरुमा उज्यालोबाट छेलिएर आराम गर्ने तथा लुक्ने स्वभावको र रातको समयमा जमिनमा चाहारेर शिकार गर्ने बानीको हुन्छ । स्वभावैले रुख चढ्न मायुरका रूपमा परिचित यो जीव, विरालका परिवारमा अन्य भन्दा उत्कृष्ट मानिन्छ ।

योे चितुवाको पछाडिको खुट्टाहरू घुम्न पनि सक्ने, लम्बाईमा छोटा, शक्तिशाली खुट्टाहरू हुनाले तीनको मद्दतले यो जीवहरूलाई छिटो माथि चढ्न मात्र होइन, ठूला र तीखा नङ्ग्रा भएका पंजाहरू प्रयोग गरेर उल्टो भइ झुण्डिने र सोझै टाउको तल राखी, सिधै रुखहरुबाट ओर्लन सक्षम हुन्छन् ।

लामो पुच्छरले रुखहरुमा १५ फिटसम्मको फड्को मार्दा पनि जिउ सन्तुलन गर्न मद्दत गर्ने हुन्छ । यस्को अर्को महत्वपूर्ण विशेषता कुकुर दाँत हो जस्को लम्बाई २ इन्च सम्मको हुन्छ ।

वयस्क भालेको तौल २४ केजीसम्म र पोथीको तौल १४ केजीसम्मको अभिलेखमा उल्लेख छ । जिउँमा रौँहरु खैरो, पहेंलो–खैरो रंगको हुन्छ भने गाढा धारहरू, दागहरू र धब्बाहरूले ढाकिएको हुन्छ ।

यसले बादर, हरिण, लोखर्के, बदेल, चरा लगायतको शिकार गरेर खाने गरेको भेटिएको छ । यसलाई नेपाल, भारत भुटान लगायत देशहरुको हिमालयको श्रृंखलामुनीका पहाडी क्षेत्रहरुमा वर्षावनहरुमा विशेषगरी भेटिएका अभिलेखहरु छन् ।

झापामा २०७७ पुस ११ गते बुद्धशान्ती गाउँपालिकाको भोटेटारमा स्थानीयले नियन्त्रणमा लिई यो जिवलाई डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाएका थिए । हाल उपचार पश्चात सो चितुवा जामुनखाडी सिमसारको सानो चिडियाघरमा राखिएको छ ।

त्यसैगरी अर्जुनधारा नगरपालिकाको हलुवागढ सामुदायिक वनमा केहि वर्षअघि जंगली विरालो भनी पालेर राखेको बच्चालाई फोरेष्ट एक्सन नेपालका वनस्पतिविद लीलानाथ शर्माले ध्वाँसे चितुवाको बच्चा भनेर चिनाएका थिए । यी प्रतिनिधि घटनाले झापामा पनि यस्ता महत्वका जिवहरु भेटिने गरेको छ ।

यस जिवलाई वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तरगत संरक्षित जिवको रुपमा सूचिकृत गरिएको छ । हाल नेपालमा यसलाई दुर्लभ मानी भल्नरेवल श्रेणीमा राखिएको छ ।

यो जिव एसियाका केहि देशहरुको मात्रै जंगलमा सीमित रहेको छ । अन्य देशहरुमा यो चिडियाघर तथा खोरमा पालेका मात्रै भेटिन्छन् । हाम्रो देशमा समुद्री सतहदेखि झापा–इलामको मध्य २०० मीटरको होचो भुभाग र अग्लोमा लामटाङ नेशनल पार्कको ३४९८ मी उचाइ सम्मको स्थानमा यसको उपलब्धताका अभिलेख गरिएको छ ।

एसिया महादेशमा वा संसारमै दुई प्रजातीका मात्रै ध्वाँसे चितुवा अभिलेख गरिएका छन् । हाम्रो देश तिर भेटिने ध्वाँसे चितुवा र सुमात्रा तथा व्रोनाइ तिर भेटिने सन्डा ध्वाँसे चितुवा ।

नेपालमा कति वटाको संख्यामा यी जीव छन् भनी कुनै अभिलेख छैन । विभिन्न अन्य जीवका अभिलेखका निम्ति राखिएका क्यामरा ट्रापका आधारमा सोधकर्ताले नेपालमा हाल २०० देखि ३०० को हाराहारीमा यो चितुवा रहेको हुनसक्ने आंकलन गरेका छन् ।

जंगल तथा प्रकृतीको स्वस्थ्य पारिस्थितिय प्रणालीलाई बचाइ राख्न र वन्यजन्तु पर्यटनको एक महत्वपूर्ण जीव ध्वाँसे चितुवा हाल संरक्षण र सचेतनाको कमजोरीेले विभिन्न खतराको जोखिममा छ ।

हरेक वर्ष अंग्रेजी अगष्ट महिनाको ४ तारिख ध्वाँसे चितुवा दिवस समुदायमा र विद्यार्थीमाझ मनाउने गरिएको छ । यो महत्वपूर्ण जिवको संरक्षणका निम्ति सरकारी तथा सामुदायिक स्तरमा हरसम्भव प्रयासहरु आवश्यक छन् ।

(लेखक : देबेन्द्रकुमार खरेल मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष, वन्यजन्तु फोटोग्राफर तथा खोज अनुसन्धानकर्मी हुन् ।)

पछिल्लो समाचार

बार्षिक ३ अर्व बढिको छुर्पी विदेश निर्यात

अघिल्लो समाचार

नेत्र सहायक कोशीको अध्यक्षमा युवराज बोहोरा

Related Posts

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -2

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार
छठ पर्वकाे धमाधम तयारी
box -3

छठ पर्वकाे धमाधम तयारी

कार्तिक ९, २०८२, ७:०८ .आइतवार
झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.