झापा, १७ वैशाख । रोल्पामा भएको जीप दुर्घटनामा मृतककाे संख्या २० पुगेको छ ।
रुकुमपूर्वबाट राेल्पाकाे जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको लु१ज ४१६७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियाे ।
थबाङ गाउँपालिका-१ मा भीरबाट करिब ८०० मिटर तल खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लगातारको वर्षाका कारण सडक चिप्लो हुँदा जीप अनियन्त्रित भई भीरबाट खसेको हो ।
दुर्घटनामा परेकामध्ये सुरुवाती विवरणमा १७ जनाको मृत्यु पुष्टि भएको थियो भने पछिल्लो विवरण अनुसार मृतककाे संख्या २० पुगेको छ ।
दुर्घटना विहीबार दिउँसो थबाङ गाउँपालिका-१ र ४ को सिमानामा पर्ने डाँडामा भएको बताइएको छ ।
प्रहरीका अनुसार अत्यधिक वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ भने घटनास्थलमा सुरक्षाकर्मी तथा स्थानीयबासीको सहयोगमा उद्धार कार्य जारी छ ।




Discussion about this post