८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अन्तरबार्ता

‘प्रचण्डले अब सक्दैनन्, हटाउनुपर्छ भन्ने त छैन नि !’

साउन ३२, २०७८, ३:०३ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३२ साउन । पुनर्स्थापित भएको पाँच महिनापछि बल्ल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक राखेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अघि सारेको छ ।
तर माओवादकै नेताहरु नेतृत्वले शक्तिको स्रोत संगठनभन्दा राजनीतिक दाउपेचलाई मान्दा संगठन निर्माण तथा विस्तार प्राथमिकतामा नपरेको गुनासो गर्छन् । अझै पनि नेतृत्वले पार्टीलाई बलियो बनाउन प्राथमिकता दिन्छन् भन्नेमा नेता कार्यकर्ताको संशय छ । तर स्थायी कमिटी सदस्य वर्षमान पुन भन्छन– वैचारिक राजनीतिक रुपले नेपालको ‘एजेण्डा सेट’ गर्न हामी अग्रमोर्चामा छौं । अब देशभर संगठन अभियान नै सञ्चालन गर्छौं ।
साथै कांग्रेस, एमाले र जनता समाजवादी पार्टीमा जस्तो नेतृत्वको विवाद माओवादी केन्द्रमा नभएको उनको दाबी छ । नेता पुन भन्छन्, ‘लिडरसीपको स्थायित्व छ । प्रचण्डले अब सक्दैनन्, प्रचण्डलाई हटाउनुपर्छ भन्ने छैन ।’
प्रस्तुत छ, पूर्वमन्त्री एवम् माओवादी केन्द्रका स्थायी कमिटी सदस्य बर्षमान पुनसँग राजकुमार श्रेष्ठ र सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

 तपाईंहरुको ध्यान सरकार ढाल्ने र नयाँ बनाउनेतिर बढी देखियो । संगठन निर्माणमा रुचि किन नभएको ?

यसमा तीन वटा पक्ष छन् । पहिलो– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छँदा नै हामी प्रचण्ड–माधव समूह र ओली समूह भएर राजनीतिक रुपमा विभाजित भइसकेका थियौं । अदालतले नेकपा एमाले र माओवादी केन्द्र बनाइसकेपछि कानूनी रुपमा विभाजन भयो । त्यो अवस्थामा वैचारिक र राजनीतिक विभाजनमै बस्नुपर्थ्यो, तर कानूनी रुपले आ–आफ्नो ठाउँमा जाउँ भन्ने भएपछि अहिलेको अवस्था आयो । यद्यपि हामी अझै पनि पूर्वमाओवादीहरु मात्र होइन, नेपालका कम्युनिस्टहरु एक ठाउँमा आउन आवश्यक छ र यो वैचारिक, राजनीतिक रुपले सम्भव छ भन्ने विश्वास गर्छौं । यसअर्थमा माधवजीहरुले एमालेभित्रै संघर्ष गर्छौं भन्नुभयो । यदि त्यो नहुँदा एक ठाउँ हुन्छौं भने हामी एक्लै किन संगठन गर्दै हिंड्ने भनेर केही समय पर्खियौं ।
दोस्रो, यो बीचमा फेरि प्रतिनिधिसभा विघटन भयो र हामी त्यसविरुद्ध संघर्षमा केन्द्रित भयौं । अन्नतः पाँच वटा प्रदेशमा सरकार निर्माण गर्ने वा भएको सरकारलाई स्थायित्व दिने र केन्द्रमा नयाँ सरकार बनाउने अवस्थामा पुग्यौं ।
तेस्रो, कोभिड–१९ का कारण पछिल्लो ३÷४ महिना निषेधाज्ञामै रह्यौं । अहिले पनि आंशिक निषेधाज्ञा नै छ । यसले पनि संगठन निर्माण तथा विस्तारको काम प्रभावित भएको छ । यसका बाबजुद आन्तरिक पार्टी पंक्तिलाई जति सम्भव छ, सुदृढ र परिचालन गर्ने नियमित काम गरिरहेका छौं ।
अहिले केन्द्रीय कमिटी बैठक राखेर अब सम्मेलनतिर जान लागेको चाहिं माधवजीहरु तत्काल आउने सम्भावना रहेन भनेर हो ?
कम्युनिस्ट पार्टीहरु वा समाजवादलाई कार्यदिशा मान्नेहरुको ढिलोचाँडो एकता हुन्छ । तत्काल सहकार्य पनि जरुरी छ । तर, हाम्रो प्राथमिकता माओवादी केन्द्रलाई मजबुत बनाउने, आफ्नो खुट्टामा उभ्याउने नै हो भन्ने निष्कर्षमा छौं । त्यसअनुसार संगठनात्मक राष्ट्रिय अभियान चलाउँछौं र विचार, राजनीतिक र संगठनका लागि राष्ट्रिय सम्मेलनको प्रस्ताव पनि गरेका छौं ।

अब आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने निष्कर्ष हो ?

वैचारिक राजनीतिक रुपले नेपालको ‘एजेण्डा सेट’ गर्न माओवादी एक नम्बरमा छ । अग्रमोर्चामा छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्यायका मुद्दाहरु माओवादीले उठायो । राष्ट्रिय मुद्दाका रुपमा स्थापित भयो । संविधानमा व्यवस्थित भयो र अहिले कार्यान्वयनको चरणमा छ । जहाँसम्म बैशाखी खोज्यो भन्ने प्रश्न छ, हामी विगतदेखि नै आफ्नै खुट्टामा उभिएका छौं, आफ्नो राजनीतिमा उभिएका छौं ।
गठबन्धन गर्नु त हामीले अपनाएको निर्वाचन प्रणालीले सिर्जना गरेको बाध्यता हो । समानुपातिक सहभागितामुलक अर्थात् मिश्रति निर्वाचन प्रणाली बनाएदेखि हरेक सरकार गठबन्धनमा छ । पहिलो– २०६५ मा माओवादी, एमाले र फोरमको सरकार थियो । दोस्रो– कांग्रेस, एमाले र अन्य पार्टीहरुको बन्यो । तेस्रो र चौथो त्यहि दोहोरियो ।
०७० मा दोस्रो संविधानसभा निर्वाचन भयो, कांग्रेस–एमालेको गठबन्धन सरकार बन्यो । संविधान बनेपछि माओवादी–एमालेको गठबन्धन बन्यो । संविधानअनुसार, पहिलो चुनाव भएपछि एमाले–माओवादी गठबन्धनकै सरकार बन्यो । हामीले पार्टी एकता पनि गरेका थियौं, तर केपी ओलीजीको स्वेच्छाचारी, अलोकतान्त्रिक, व्यक्तिवादी चरित्रका कारण दुई तिहाइको बहुमत पनि रहेन, नेकपा पनि रहेन । त्यो अवस्थामा माओवादी, कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) को अर्को गठबन्धन बन्यो । त्यसैले माओवादीले मात्र गठबन्धन गरेको

होइन, १४ वर्षदेखि निरन्तरको श्रृंखला छ र ठोस् अवस्थामा ठोस् रुपले गठबन्धन गर्नुपर्छ, त्यो नै सही राजनीति हो भन्नेमा हामी स्पष्ट छौं ।
तर, ०६४ को पहिलो संविधानसभाको चुनावमा प्रत्यक्षतर्फ झण्डै बहुमत र समग्रमा कांग्रेस र एमाले जोड्दा पनि नपुग्ने पहिलो पार्टी थियो माओवादी । आज त्यो माओवादी छिन्नभिन्न छ । संसदको नम्बरमा पनि निकै खुम्चिनु भएको छ र कार्यकर्तामा पनि त्यसरी नै क्षयीकरण

भएको छ भन्ने लाग्दैन ?

यसमा आंशिक सत्यता छ । शान्ति प्रक्रियामा आएपछि पहिलो चुनावमा एजेण्डा र शक्तिले जुन अवस्थामा थियौं, अहिले त्यो शक्तिमा अलिकति कमजोर भएका छौं । तर एजेण्डामा होइन । आज पनि हामीले उठाएको एजेण्डा वरिपरि छ, मुलुक ।
हामीले हेटौंडा महाधिवेशनबाट अब नेपालमा जनवादी क्रान्ति पूरा भयो, समाजवादी क्रान्तिमा जानुपर्छ भन्यौं । एमालेको नवौं महाधिवेशनले पनि त्यही भन्यो । कांग्रेसले पनि संविधानमार्फत् समाजवाद उन्मुुख राज्य व्यवस्था मान्यो । त्यसप्रकारको अर्थतन्त्र र समाज हुनुपर्छ भनेको छ । अर्थात् हाम्रो एजेण्डातिर आएका छन् । भलै बुझाइ आफ्ना छन्, कार्यक्रम आफ्ना छन् ।
त्यसैगरी ५ पुसको प्रतिनिधिसभा विघटन प्रतिगमन हो भनेर हामी सडकमा गयौं । देश नै त्यसको वरिपरि आयो । कांग्रेस त्यसरी खुलेर आउन सकेको थिएन, शेरबहादुर देउवाजी नै न त्यसरी आउनु भएको थियो । दोस्रो पटक ७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटन भएपछि, ओहो ! ओलीजीले लोकतन्त्र, संविधान नै मास्न खोज्नु भएको हो भनेर छ्याङ्ग भएपछि शेरबहादुरजी पनि खुलेर आउनुभयो, कांग्रेस पनि आयो ।
संसद पुनर्स्थापना भएर देश एउटा बाटोमा जान खोजेको छ । लोकतान्त्रिक संरचनाहरू पुनर्स्थापित हुने र संविधानसम्मत् सञ्चालन हुने बाटोमा जान खोजेका छन । हाम्रो प्रयास, राज्यका अंगहरु संविधानअनुसार, लोकतान्त्रिक रुपमा चलोस्, राष्ट्रिय जीवन लोकतान्त्रिक ढंगले चलोस् । कोहीदेखि कोही डराउनुपर्ने, कसैले कसैलाई सिध्याउँछ कि बदला लिन्छ कि भन्ने अवस्था नहोस् भन्ने हो । हामीले यही राष्ट्रिय एजेण्डा बोक्यौं र आज त्यही वरिपरि देश छ ।
निश्चिय पनि माओवादी आन्दोलनलाई आजको राजनीतिमा बदल्ने क्रममा टुटफुटहरु भए, संक्रमणहरु भए । हामी एकजुट पनि भयौं, फेरि फुटहरु भए । त्यसैले अब केन्द्रीय समितिमा राष्ट्रिय सम्मेलनको प्रस्ताव गरेका छौं, जहाँ विचार, राजनीति र संगठनात्मक संरचना अनि त्यसको स्थायित्वको बहस गर्छौं । प्रदेशहरुमा त एक ढंगले संगठन चलाइराखेकै छौं । तर जनताको तहसम्म संगठन पुर्याउन अब संगठन अभियान नै सञ्चालन गर्दछौं र देशभरका ६७४३ वटै वडा र ५३ वटै पालिकामा सुदृढ संगठन बनाउँछौं ।

यति धेरै तदर्थवादमा रहेको पार्टी तपाईंहरुले भनेको जस्तो रातारात नम्बर वान बन्न सम्भव छ र ?

अहिले त सबभन्दा समस्या आएको कि नेकपा एमालेमा हो कि जनता समाजवादी पार्टीमा हो । कांग्रेस महाधिवेशनका कारण विवादमा छ । तर माओवादी केन्द्रमा राजनीतिक कार्यदिशाबारे पनि बहस छैन, एकमत छौं । नेतृत्व प्रचण्डप्रति कसैको प्रश्न पनि छैन । त्यसैगरी मूल नेतृत्व पङ्ती स्थायी कमिटी लगायतमा पनि विवाद छैन । जिल्लाहरुमा पनि लिडरसीपको स्थायित्व छ ।
फेरि हाम्रो पार्टीले ‘अब जागौं, उठौं, हिंडौं’ भन्दा लाखौं मान्छे सडकमा ओर्लिएका छन् । त्यसैले हामीसँग त्यो तागत छ, त्यसलाई नयाँ सन्दर्भमा राष्ट्रिय सम्मेलनमार्फत् सुदृढ गर्छौं । हामीसँग ३ लाख पार्टी सदस्य यसअघि नै थिए, आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनबाट त्यसलाई अझ विस्तार गर्छौं ।

नेतृत्वप्रति प्रश्न नभएको हो कि कहिल्यै नछोड्ने भए भनेर प्रश्न नगरेको ?

प्रश्न नउठ्दासम्म त अनुमान मात्र हो । प्रचण्डले अब सक्दैनन्, प्रचण्डलाई हटाउनुपर्छ भन्ने त छैन नि ! पार्टीलाई गतिशील र जीवन्त बनाइराख्न सम्मेलन गर्दैछौं, महाधिवेशन पनि गर्छौं । त्यहाँ नेतृत्वबारे जनवादी लोकतान्त्रिक अभ्यास पनि हुन्छ । त्यसक्रममा प्रचण्ड कमेरड अहिलेकै रुपमा रहनुहोला वा अर्को रुपमा रहनुहोला वा अर्को कोही कमरेड आउनु होला । त्यो अलग प्रश्न हो ।
तर, आज प्रचण्डले राजनीतिक नेतृत्व गर्न सकेन, संगठनात्मक नेतृत्व गर्न सकेन भन्ने त छैनन् नि । जसरी केपी ओली र माधवकुमार नेपालजीको बीचमा छ । शेरबहादुर र रामचन्द्र पौडेलजीको बीचमा छ । उपेन्द्र यादव र महन्थ ठाकुजी त अलग–अलग हिँडिराख्नु भएको छ । यसरी हेर्दा राष्ट्रिय चार पार्टीमा नेतृत्वबारे प्रश्न नउठेको र सापेक्षित रुपमा सुदृढ पार्टी हाम्रो नै हो ।

अब पनि प्रचण्डले नै नेतृत्व गर्नुपर्छ भन्नु भनेको तपाईंहरुले आफैंलाई विश्वास नगरेको कि फेरि प्रचण्डले आफैं गर्न सक्छु भन्नुभएको ?

विचार, राजनीति, संगठनका हिसाबले प्रश्न छैन । तर, जहाँसम्म कसरी नयाँ नेतृत्व तयार गर्ने भन्ने प्रश्न छ, यो पार्टीको आन्तरिक विषय हो । अध्यक्ष वा कार्यकारी पदमा विधिसम्मत् ढंगले कति कार्यकालसम्म बस्न पाइने ? राजकीय जिम्मेवारी कसरी लिने ? उमेर समूहका आधारमा कसरी प्रतिनिधित्व गराउने ? जस्ता विषयमा हामी सकारात्मक रुपले छलफल गरिरहेका छौं, सम्मेलनमार्फत हल गर्छौं । यो विषय झगडा वा विवाद गरेर नेतृत्वको विकल्प खोज्नुपर्ने अवस्था छैन र अरु पार्टीमा जस्तो हाम्रो पार्टी पनि होइन ।
वास्तविकता के हो भने अध्यक्षले वा अध्यक्षको टिमले माओवादीलाई हिंजोको रुपमा टिकाउन सकेन । यो गल्ती कमजोरी हो, हामीले सार्वजनिक रुपमा पनि भन्ने गरेका छौं, अहिले पनि भन्छौं

 सकारात्मक बहसमा नेतृत्व हस्तान्तरण गरौं भन्ने पनि छ ?

राष्ट्रिय सम्मेलन हुँदा विचार, संगठन सँगसँगै नेतृत्वबारे पनि छलफल होला । नयाँ–नयाँ ताजगीकै लागि सम्मेलनहरु हुन्छन् । तर, अहिले चाहिं त्यस्तो केही छैन ।

 ‘माओवाद’ विचारधाराबारे पुनर्विचार गरेर अघि बढ्नुपर्छ भन्न थालेको सुनिन्छ, राष्ट्रिय सम्मेलनमा यसबारे पनि बहस हुन्छ ?

अहिलेसम्म त्यो विषय उठेको छैन । तर, राष्ट्रिय सम्मेलनमा विचार, राजनीति, संगठन सबै विषयमा छलफल हुन्छ । अहिले बहस सुरु नभएको हुनाले यसो हुन्छ भन्न हतारो हुन्छ । जहाँसम्म पार्टीको नामको सन्दर्भमा छ, नेकपा निर्माण गर्ने क्रममा ऐतिहासिक काम गर्यौं, त्यस्तो अवसरमा नाम बदल्नु स्वाभाविक हो । अब अहिले नै हतार गरेर पार्टीको नाम बदल्ने सोचेका छैनौं ।

 माओवादी पार्टीले चाहिं विचारका सन्दर्भमा चाहिं १० वर्षे सशस्त्र विद्रोह, माओवाद मात्र भनेर बसिरहन मिल्छ ?

कांग्रेस पनि हतियार बोकेर आएको पार्टी हो, एमाले पनि झापा विद्रोह गरेर आएको पार्टी हो । मूल कुरा विचार हो र माओवादले खुला परिवेश, नयाँपनाको पनि कुरा गर्छ । चीनले माओवाद मान्छ, तर समाजवाद निर्माणका लागि बल प्रयोग गरिरहेको छैन । शान्तिपूर्ण संघर्ष गरिरहेको छ । त्यसैले माओवादको एउटा पाटो बल प्रयोग हो भने अर्को पाटो शान्तिपूर्ण प्रतिस्पर्धा हो ।

चीन र नेपालको परिवेश त एउटै छैन नि फेरि ?

त्यही भएर त माओवादको विकास गर्दै बहुदलीय प्रतिस्पर्धामा छौं । हिजो प्रचण्डपथ भन्यौं, २१औं सताब्दीको जनवाद विकास गर्यौं । मार्क्सवादको विकास लेनिनवाद र लेनिनवादको विकास माओवादका रुपमा हो । यसरी नै विकास गरेर मात्र कम्युनिस्ट आन्दोलन अगाडि जान्छ । हामीले जडसुत्रका रुपमा न माक्र्सवादलाई लिएका छौं, न लेनिनवाद र माओवादलाई लिएका छौं ।
नेपाली सन्दर्भमा हामीले प्रचण्डपथ भन्यौं, आज २१औं शताब्दीको नयाँ समाजवादका मोडलहरु खोज्छौं । किनकि हेटौंडा महाधिवेशनबाटै समाजवाद भनेका थियौं, समाजवादमै अगाडि बढ्छौं । तर आजको कार्यनीति के हुन्छ भने जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्ने अर्थात् समाजवादको आधार निर्माण गर्ने । त्यो भनेको संविधानमा व्यवस्था भएका मौलिक हकहरु रोजगारी, आवास, खाद्य सुरक्षा, आधारभूत शिक्षा र स्वास्थ्यको ग्यारेन्टी आदिलाई कार्यान्वयन गर्ने हो । राष्ट्रिय पुँजी निर्माणका लागि देशको औद्योगीकरण गर्ने आदि । यो समाजवादमा जाने पूर्वाधारहरु हुन् र आजको हाम्रा कार्यनीति हुन् ।

 माधव नेपाल समूह र अरु वामपन्थी शक्तिहरुलाई पनि समेट्ने होला नि ?

हामी माओवादबाट अगाडि जानुपर्छ । यसरी जाँदा आजको २१औं शताब्दीको विश्व परिस्थिति, नेपालको सन्दर्भ सबैलाई आधार बनाएर विचारको विकास गर्छौं र नेपाली मौलिकतासहित समाजवादमा जाने बाटो तय गर्छौं । जहाँसम्म कम्युनिस्ट पार्टी वा वाम समूहहरुको ध्रुवीकरणको सन्दर्भ छ, त्यसबेला हामी अगाडि बढ्नेगरी वैचारिक छलफल गर्छौं ।

अवसर चाहिं खोज्ने, तर कमजोरीको जिम्मेवारी नदिने गर्नुभयो भन्ने आरोप छ नि ?

भन्नेले त दुनियाँ कुरा गर्छन् । तर वास्तविकता के हो भने अध्यक्षले वा अध्यक्षको टिमले माओवादीलाई हिंजोको रुपमा टिकाउन सकेन । यो गल्ती कमजोरी हो, हामीले सार्वजनिक रुपमा पनि भन्ने गरेका छौं, अहिले पनि भन्छौं । साथसाथै हामी त मूलघर छोडेर हिंडेका होइनौं । मूलघर छाडेर सानो गोठमा सरेका अरु साथीहरु हुन् । ती साथीहरुले ठूलो घर बनाएको भए त्यो बाटो पो ठिक रहेछ भनेर हामी त्यहाँ जान्थ्यौं होला । त्यो त बनेन ।
त्यसैले उहाँहरुले पनि गल्ती कमजोरी महसुस गर्नुपर्यो । दुबै पक्षले गल्ती कमजोरी महसुस गरेपछि नयाँ ढंगले, नयाँ सन्दर्भमा वाम समूहहरु एक ठाउँमा आउने बाटो खोजौं । हिजोकै माओवादीहरु मात्र भन्यौं भने संकीर्ण र पछाडि फर्किएको हुन्छ । अरु धेरै शक्तिहरु, जो आजको प्रतिस्पर्धात्मक राजनीतिलाई स्वीकार गर्दै समाजवादतिर जान तयार छ, त्यो विचार, राजनीतिमा प्रतिबद्धता जाहेर गर्छ, ती साथीहरु एकठाउँमा होऔं ।
हामीले कि एकता, कि एकले अर्कालाई सिध्याउनेगरी लड्नुपर्छ भन्ने छैन । संयुक्त मोर्चा बनाएर बैचारिक बहस गरौं, चुनावी तालमेल गरौं, सत्तामा गठबन्धन गरौं । त्यो बीचमा सबै कुरा मिल्दै गए भने एकता पनि गरौं
अहिले सम्भव छैन भने युनाइटेड फ्रन्ट जस्तो एउटा फोरम बनाऔं, समाजवादबारे बहस गरौं । बाहिर चर्चा पनि छ– समाजवादी केन्द्र । त्यही नाम नहोला, तर समाजवादको गन्तव्यबारे बहस गरौं । एउटा देशमा दुई÷तीन÷चार वटा पुँजीवादी पार्टीहरु हुन्छन्, विभिन्न पुँजीपतिहरुको बीचमा प्रतिस्पर्धा हुन्छ भने हामी पनि एउटा बनाऔं ।

 बुर्जुवाहरुले आफूभित्र विकल्प दिन सक्छन् भने कम्युनिस्टहरुले चाहिं कि एउटै, कि कोही पनि हुँदैन भन्ने कसरी हुनसक्छ ?

पश्चिम बंगालमा २५ वर्षभन्दा बढी वाम मोर्चाले काम गरे, केरलामा आज पनि गरिरहेका छन् । बोलिभियामा समाजवादीहरुले युनाइटेड फ्रन्ट बनाएर १७÷१८ वर्ष जितेका हुन् । भेनेजुएलामा मिलेरै बनाएका छन् । जहाँजहाँ जितेका छन्, त्यहाँ मिलेर जितेका छन् । त्यसैले हामीले कि एकता, कि एकले अर्कालाई सिध्याउनेगरी लड्नुपर्छ भन्ने छैन । संयुक्त मोर्चा बनाएर बैचारिक बहस गरौं, चुनावी तालमेल गरौं, सत्तामा गठबन्धन गरौं । त्यो बीचमा सबै कुरा मिल्दै गए भने एकता पनि गरौं । नभए समाजवादका लागि ५÷१०÷१५ वर्षे गठबन्धन गरौं ।

अब आउने चुनावमा पनि वाम गठबन्धनका लागि तपाईंहरु तयार हो ?

ओली प्रवृत्ति र प्रतिगमनविरुद्ध वाम–लोकतान्त्रिक गठबन्धन बनायौं, यो आजीवन होइन । अन्ततः एउटा ठाउँमा पुगेर वाम र लोकतान्त्रिक शक्तिको बीचमा प्रतिस्पर्धा हुन्छ । सके लोकतान्त्रिक शक्ति अगाडि जान्छ, नभए वाम लोकतान्त्रिक शक्ति अगाडि जान्छ । अहिले संविधान र लोकतन्त्र बचाउन केही समय सहकार्य आवश्यक भयो । जसरी हिजो २०४६ र २०६२÷६३ मा सहकार्य भयो, त्यस्तै सहकार्य हो यो ।

अहिलेको सत्ता गठबन्धन दीर्घकालीन होइन ?

धेरै परसम्म जाने त हुँदै होइन, किनभने त्यहाँ त संघर्ष हुन्छ । एउटा चुनावसम्म जाला वा संविधान सुरक्षित भयो, व्यवस्था सुरक्षित भयो, अब प्रतिस्पर्धा गरौं भन्ने अवस्थामा प्रतिस्पर्धामै जाने हो । कांग्रेस पनि प्रष्ट छ, हामी पनि प्रष्ट छौं । तर फेरि लाइक म्याण्डेट लेफ्ट पार्टीहरुबीच अलि परसम्म गठबन्धन गर्छौं, गर्नु पनि पर्छ ।

पछिल्लो समाचार

नेपालले पिएनजीसंग क्रिकेट खेल्ने पक्का

अघिल्लो समाचार

नेपालमा लगानीका थुप्रै अवसर छन : राजदूत लेजे

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.