झापा, १ असोज । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वारी घोषणा गरेका प्रखर युवा नेता विश्वप्रकाश शर्माले गृह जिल्लाबाटै चुनावी अभियान प्रारम्भ गर्ने भएका छन् ।
असोज ३ गते बिर्तामोडको अग्रसेन भवनमा एक कार्यक्रम आयोजना गरी शर्माले मत माग्ने अभियान झापाबाटै सुरु गर्ने भएका हुन् ।
उनले आफु किन महामन्त्रीको उम्मेद्वार बनेको भनेर कार्यकर्तालाई सोही कार्यक्रममा आफ्नो अवधारणा प्रस्तुत गर्ने पार्टीका जिल्ला सदस्य पुष्पराज पौडेलले बताए ।
असोज ३ गते संविधान दिवस हो । सोही अवसरमा शर्माले चुनावी अभियान सुरु गर्ने भएका छन् । उम्मेद्वारीको घोषणा उनले कांग्रेसका संस्थापक वीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर काठमाडौंको सुन्दरीजलबाट गरेका थिए ।
मेचीनगर निवासी शर्मा झापाबाट महामन्त्री जस्तो पार्टीको उच्च पदको दावी गर्ने दोस्रो नेता हुन् । यसअघि नेता कृष्णप्रसाद सिटौला पार्टीको महामन्त्री बनिसकेका छन् ।
Discussion about this post