दमक, २९ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ अध्यक्षमा राम थापा निर्वाचित भएका छन् ।
दमकमा सम्पन्न निर्वाचनबाट उनले बिर्तामोडका भक्ति सिटौलालाई पराजित गरेका हुन् ।
मत परिणाम अनुसार ३८ मत अन्तरले थापा निर्वाचित भएका हुन् ।
अध्यक्ष थापाले २७५ मत प्राप्त गरेका थिए भने सिटौलाले २३७ मत मात्र प्राप्त गरेका थिए ।
प्रदेश १ का सदस्यहरु यसअघि नै सर्वसम्मत भइसकेका छन् ।
Discussion about this post